बिटकोईनको लागि डरलाग्दो धन्दा : सर्वसाधारण मात्र होइन ईसेवा र खल्तीका एजेण्ट पनि ठगीए

नेपालमा प्रविधिको बढ्दो प्रयोगसंगै अपराधका तरिका र स्वरूप पनि बदलिएका छन्। जुन कुरा नेपालमा पछिल्लो समय घटेको एउटा अनौठो घटनाले पुष्टि गरेको छ। बिश्वभर आफ्नो छुट्टै पहिचान र अस्तित्व बनाएको मुद्राको आधुनिक डिजिटल स्वरूप हो, क्रिप्टो करेंसी। सामान तथा सेवा खरिद गर्ने बदलिएको शैली हो, अनलाइन पसल। र एकै क्लिकमा भुक्तानी प्राप्त गर्न, तिर्न र पठाउन सकिने नेपालकै पहिलो पेमेन्ट गेटवे हो, इसेवा। यी तिनैको प्रयोगले एउटा मान्छेको आफ्नो दैनिकी सहज र सरल मात्र बनाएको छैन, यसको दुरुपयोगले पछिल्लो समय आफुलाई आधुनिक समाजको एउटा हिस्सा ठान्ने धेरै नेपालीलाई लुट्ने काम पनि भएको छ। अनलाइन पसल र इसेवा तथा खल्ती सेन्टरको प्रयोग गरि नेपालमा कारोबार गर्नलाई गैरकानुनी घोषणा गरिएको बिटकोईन लगायतका क्रिप्टो करेंसीको ब्यापार गरिरहेका छन्। बजार मुल्य भन्दा सस्तोमा सामान खरिद गर्न पाउने आशमा बिना कुनै शंका गरि पैसा हाल्नेहरु र क्यास ब्याक र कमिसन मार्फत कमाईने आशमा रहेका इसेवा र खल्तीका एजेन्टहरु यी अपराधिक गतिबिधि गर्नेहरुको शिकार बनिरहेका छन्। कसरी हुन्छ ठगि ?फेसबुक लगायतका सोसियल मिडियाबाट अनलाइन पसलमा बजार मुल्य भन्दा अत्यन्त सस्तो मुल्यमा आइफोन वा त्यस्तै सामाग्री देखाइन्छ। बजार मुल्य भन्दा सस्तो पाउने लोभमा फस्ने व्यक्तिहरु यिनीहरुका ग्राहक बन्न पुग्छन्।यसरी बनेका ग्राहकलाई अफरमा राखिएको सामानको केहि प्रतिशत पैसा अग्रिम भुक्तानी गर्न लगाइन्छ। तर पैसा भुक्तानी गर्नलाई अनलाइन पसलवालाले आफ्नो बैंक खाता दिनुको साट्टो बिटकोईन वा त्यस्तै प्रकारका क्रिप्टो करेंसी बिक्रि गर्नेले दिएको इसेवा तथा खल्ती एकाउन्ट दिने गर्दछन्। अनलाइन पसलेले क्रिप्टो करेंसी किने बापतको पैसा भुक्तानी गर्नलाई क्रिप्टो ब्यापारीले दिएको इसेवा वा खल्तीको खाता सामानको अग्रिम पैसा तिर्ने ग्राहकलाई दिन्छन। र चोरमा चण्डाल भनेझैँ क्रिप्टो ब्यापारीले पनि आफु समातिने डरले आफ्नो वास्तविक खाता नदिएर नजिकको इसेवा वा खल्तीको एजेन्टको खाता उपलब्ध गराउँछ। ग्राहकले अनलाइन पसलेको इसेवा वा खल्ती खातामा पैसा पठाएको ठानेपनि उसले वास्तवमा क्रिप्टो ब्यापारीले दिएको इसेवा वा खल्तीका एजेन्टको खातामा पैसा हालेको हुन्छ। यसरी नक्कली अनलाइन पसलले सस्तोमा सामान देखाएर आफले ग्राहक बनाएकाबाट क्रिप्टो ब्यापारीलाई भुक्तानी दिएका छन् भने क्रिप्टो ब्यापारीले पनि इसेवा वा खल्तीको एजेन्टको खाता प्रयोग गरेर आफ्नो भुक्तानी लिईरहेका छन्। इसेवा वा खल्तीका एजेन्टहरुले आफ्नो खाता अर्थात मोबाइल नम्बर तथा इमेल आइडी बाहिर बोर्डमा नै राख्ने भएकाले क्रिप्टो ब्यापारीले सहजै यिनीहरुको खाता प्रयोग गरिरहेका छन्। आफुले अग्रिम तिर्दा पनि समान नपाउने अवस्थामा पुगेका ग्राहकले उजुरी गर्दा अनलाइन पसले समातिनुको साट्टो क्रिप्टो ब्यापारीले पैसा पाउनलाई प्रयोग गरेका इसेवा वा खल्तीको एजेन्टहरु अप्ठ्यारोमा पर्ने गरेका छन्। क्रिप्टो किन्नेले नक्कली अनलाइन पसल खडा गरेर ग्राहक बनाएर यी ग्राहकबाट भुक्तानी गराएका छन् भने क्रिप्टो ब्यापारीले पनि नजिकको इसेवा वा खल्तीका एजेन्टको खाता प्रयोग गरि आफुले क्रिप्टो बिक्रि गरे बापतको भुक्तानी लिईरहेका छन्। नेपाल राष्ट्र बैंकले बिटकोइन लगायतका क्रिप्टो करेंसीको कारोबार गैरकानुनी घोषणा गरेकाले आफुहरुले यस प्रकारका उजुरीमा कुनै काम कारबाही गर्न नसकेको प्रहरी अपराध महाशाखाका एक अधिकारीको भनाई छ। अनलाइन पसलबाट सस्तोमा सामान किन्न पाउने आशमा पैसा तिर्नेले घुमाउरो बाटोबाट बिटकोइन किनिरहेको देखिने र उसले गरेको उजुरीको आधारमा खोज्दै जाँदा भुक्तानी गर्ने इसेवा वा खल्तीका एजेन्ट समातिने अवस्था रहेकाले यसमा राष्ट्र बैंकले थप नीतिगत व्यवस्था गर्दिनुपर्ने ती अधिकारिको भनाई छ।

सम्बन्धित सामग्री

ईसेवा मनि ट्रान्स्फरले गर्‍यो घर हस्तान्तरण

काठमाडौं। ईसेवा मनि ट्रान्स्फरले मेरो डिजिटल देश अभियान अन्तर्गत भाग्यशाली विजेता पूर्णबहादुर श्रेष्ठलाई घर हस्तान्तरण गर्न विशेष कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रम ईसेवा मनि ट्रान्स्फरका ब्राण्ड एम्बेष्डरहरू र कम्पनी व्यवस्थापन समितिको उपस्थितिमा सम्पन्‍न भएको थियो । ईसेवा मनि ट्रान्स्फरले जेठ १२ मा आफ्नो आधिकारिक फेसबुक र टिकटक पेजबाट प्रत्यक्ष डिजिटल गोलाप्रथा मार्फत “मेरो […] The post ईसेवा मनि ट्रान्स्फरले गर्‍यो घर हस्तान्तरण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ईसेवा मनि ट्रान्सफरको बम्पर विजेता श्रेष्ठ हस्तान्तरण समारोहमा नेपाल आउँदै

डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानमा पूर्ण बहादुर श्रेष्ठले काठमाडौमा घर जित्न सफल भएका छन । लुलु एक्स्चेन्ज र ईसेवा मनि ट्रान्सफरको समन्वयमा लुलु शाखा,सारजाहमा विशेष कार्यक्रम गरी विजेता श्रेष्ठलाई बधाई ज्ञापन गरिएको थियो र ईसेवा मनि ट्रान्सफरका, सम्बन्ध प्रबन्धक, ईश्वर अधिकारिले उक्त कार्यक्रममा पूर्ण बहादुर...

ईसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक

काठमाडौं । ईसेवा मनी ट्रान्सफरले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको छ । डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क कम गर्दै थप रेमिट्यान्स भित्राएर देशलाई समुन्नत बनाउन यो अभियान सार्वजनिक गरिएको कम्पनीले बताएको छ । कम्पनीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको ‘मेरो डिजिटल देश’ अभियान ७ असोजदेखि सुरु भएर ६ फागुन २०७९ सम्म लागू […]

ईसेवा मनी ट्रान्सफर र ट्राङ्लोबीच रेमिट्यान्स भुक्तानी सम्झौता

ईसेवा सेवा मनी ट्रान्सफर र मलेशियाको रेमिट्यान्स् कम्पनी ट्राङ्लोबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । यस सम्झौतासँगै मलेशिया लगायत ट्राङ्लोको नेटवर्क रहेका मुलुकहरुमा रहेका नेपालीहरूले इसेवामनी ट्रान्सफर मार्फत सरल र भरपर्दो माध्यमबाट नेपाल पैसा  पठाउन सकिने भएको हो ।    नेपालमा रहेका  इसेवा मनी ट्रान्सफरका ८ हजार भन्दा धेरै एजेन्ट मार्फत पैसा पाउन सकिने कम्पनीले जनाएको छ । साथै ५० लाख भन्दा बढि प्रयोगकर्ताहरु रहेको ईसेवा वालेटमा ट्राङ्लोका नेटवर्क मार्फत आएको रेमिट

ईसेवा वालेटमा अब सिधै कतारबाट पैसा पठाउने सकिने

ईसेवा मनी ट्रान्सफरले कतारको ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी अलदार एक्सचेन्जसँग रेमिट्यान्स् भुक्तानी सम्झौता गरेको छ । अबदेखि कतारमा रहेका नेपालीले अलदार एक्सचेन्जमार्फत ईसेवा मनी ट्रान्सफरसँग आवद्ध नेपालका जुनसुकै बैंक खातामा र ईसेवा वालेटमा सहजै पैसा पठाउन सकिनेछ । यस सम्झौतासँगै कतारमा रहेका नेपालीले अलदार एक्सचेन्जको कतारमा रहेका २१ शाखामा गई ईसेवा मनी...

कुवेतबाट सिधै ईसेवा वालेटमा पैसा पठाउन सकिने

काठमाडौं । ईसेवा मनि ट्रान्स्फर र कुवेतलाई आधार बनाएर रेमिट्यान्स कारोबार गर्दै आएको कुवेत इण्डिया इन्टरनेशनल एक्स्चेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै कुवेतमा रहेका नेपालीलाई रेमिट्यान्स पठाउन अझ सहज भएको ईसेवाले जनाएकाे छ । कुवेतमा रहेका नेपालीले कुवेत इण्डिया इन्टरनेशनलमार्फत नेपालका कुनै पनि बैंक खातामा तथा ईसेवा वालेटमा कम लागतमा रकम पठाउन […]

मनिग्राममार्फत दुई सय बढी देशबाट ईसेवा मनि ट्रान्सफरको सेवा सुरु

९ चैत, काठमाडौं । अन्तरदेशीय विप्रेषण सेवा प्रदायकमा, विश्वकै अग्रणी कम्पनी मनिग्राम इन्टरनेशनल र ईसेवा मनि ट्रान्सफरबीच विप्रेषण भुक्तानी सेवाका लागि सम्झौता भएको छ । सम्झौतासँगै मनिग्रामका २०० भन्दा बढी देशका सेवाग्राहीहरुले आफ्नो परिवार, आफन्तजन तथा साथीभाइलाई आफूले चाहेको बैंक खातामा तुरुन्तै रकम जम्मा गर्न सक्ने जनाइएको छ । साथै निकट भविष्यमा मनिग्राममार्फत पठाएको नगद […]