चन्द्रौटा : कपिलवस्तुको विजयनगर गाउँपालिकाले ग्रामीण क्षेत्रका बासिन्दाको निःशुल्क आँखा उपचार गरेको छ। बिहीवार र शुक्रवार भएको शिविरमा १ हजार ५१ जनाको आँखा जाँच गराएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञप्रसाद अधिकारीले बताए।१४३ जनाको मोतिया विन्दुको निःशुल्क अप्रेशन गरिएको छ भने २०१ जनालाई चस्मा वितरण गरिएको अधिकारीले बताए। गाउँपालिकाको विकट क्षेत्र जवावैराठ, नेवलीगंज, नौडिहवा, मद्यनगर, गेडुवाजोत लगायत गाउँका बासिन्दाले सेवा लिएका छन्।ग्रामीण भेगमा जनतालाई उपचारको दायरामा ल्याउन शिविर शुरु