काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले समयमै मल उपलब्ध गराउन भारतसँग मल खरिदको सम्झौता भइसकेको बताएका छन्।बिहीबार प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा सदस्य अनिता देवीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भारतसँग मल खरिदको सम्झौता भइसकेको बताएका हुन्।उनले यस वर्ष समयमै मल, बिउ उपलब्ध गराउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको पनि बताए। सम्बन्धित मन्त्रालयबाट काम अगाडि बढिसकेको पनि उनले जानकारी गराए।उनले भने‚ ‘सर्वसुलभ तरिकाले रासायनिक मल उपलब्ध गराउन, रासायनिक मलमा अनुदान दि