कोरोना बीमाको दाबी भुक्तानी दिन स्रोत छैन : अर्थ मन्त्रालय

काठमाडौं । कोरोना बीमाको दाबी भुक्तानी नपाएको व्यापक गुनासो भइरहेका बेला अर्थ मन्त्रालयले यसका लागि स्रोत (बजेट) नभएको बताएको छ । कोरोना बीमाको दाबी भुक्तानीका लागि सरकारले बेहोर्नुपर्ने करीब साढे ११ अर्ब रुपैयाँ बीमा कम्पनीहरूले नपाउने सम्भावना बढेको छ । अर्थ मन्त्रालयका सहसचिव तथा वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखा प्रमख रमेशकुमार केसीले तत्काल कोरोना बीमाको दाबी भुक्तानी गर्न स्रोत नरहेको जानकारी दिए । ‘आर्थिक वर्षको अन्त्यसम्म बजेटको जोहो भयो भने बेग्लै कुरा भयो,’ उनले भने, ‘अहिलेलाई माग भइआएको रकम भुक्तानी गर्ने स्रोत छैन ।’ यद्यपि दाबी भुक्तानीको समस्यालाई कसरी समाधान गर्ने भन्नेबारेमा मन्त्रालयले विभिन्न कोणबाट छलफल गरिरहेको उनले अभियानलाई जानकारी गराए । कोरोना बीमा गर्दाको कार्यविधिअनुसार साढे ३ अर्ब रुपैयाँसम्मको दायित्व बीमाक्षेत्रको भागमा राखिएको छ । त्यसभन्दा बढीको दायित्व सरकारको हुने कार्यविधिमा उल्लेख छ । कार्यविधिअनुसार समिति,  पुनर्बीमा कम्पनी र बीमा पुलले १/१ अर्ब, निर्जीवन बीमा कम्पनीहरूले ५० करोड दाबी भुक्तानी गर्ने व्यवस्था छ । कोरोना संक्रमित बढ्दै गएपछि कम्पनीहरूले दाबी थेग्न सक्दैनौं भनेर उक्त बीमाको कारोबार स्थगित गरेका थिए । सरकारले साढे ३ अर्बमाथिको दायित्व आपैmले लिने प्रतिबद्धता जनाएपछि कम्पनीहरूले पुन:कारोबार सुचारु गरेका थिए । कोरोना बीमा सञ्चालन भएको अन्तिम दिन अर्थात् २०७८ असार मसान्तसम्म परेको कुल दाबीमध्ये बीमाक्षेत्रको साढे ३ अर्ब बराबरको दायित्व घटाउँदा सरकारले ११ अर्ब ४३ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिन्छ । सरकारले आवश्यक रकम निकासी नगरेपछि हाल कोरोना बीमाको दाबी भुक्तानी रोकिएको छ । सरकारले रकम निकासी नगरेसम्म दाबी भुक्तानी नगरिने कम्पनीहरूको अडान छ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धमा अझै पनि अर्थ मन्त्रालयबाट रकम प्राप्त नभएको बताए । साथै, यस सम्बन्धमा अर्थ मन्त्रालयको स्पष्ट धारणा पनि नआएको समितिको भनाइ छ । बीमा समितिले केही महीनाअघि आवश्यक स्रोत जुटाउने विकल्पसहित अर्थ मन्त्रालयलाई पत्र पठाएको थियो । समग्रमा ५० देखि ५५ प्रतिशत रकम बीमाक्षेत्रले नै तिर्नेगरी समितिले विकल्प पेश गरेको थियो । राष्ट्रसेवक कर्मचारीहरूको कोरोना बीमा राष्ट्रिय बीमा कम्पनीमा भएको छ । त्यसको ५० प्रतिशत दाबी सोही कम्पनीबाट गर्न लगाउने समितिको सिफारिश छ । यस्तै, अन्य कम्पनीमा परेको दाबीको ५० प्रतिशत रकम भने स्वयम् बीमाक्षेत्रले तिर्नेगरी विकल्प पेश गरिएको छ । त्यसमा बीमा समितिबाट १० प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीबाट १० प्रतिशत र सम्बद्ध कम्पनीहरूबाट ३० प्रतिशत गरेर ५० प्रतिशत दाबी बीमाक्षेत्रले बेहोर्ने गरी विकल्प पेश गरिएको थियो । यस्तै, बाँकी रहेको दाबी (रू. ११ अर्ब ४३ करोड) को सरकारबाट ५५ प्रतिशत, नेपाल पुनर्बीमाबाट १२ प्रतिशत, बीमा कम्पनीहरूबाट २५ प्रतिशत र बीमा समितिबाट ८ प्रतिशत बेहोर्ने गरी दोस्रो विकल्प पनि दिइएको थियो । तर, अर्थ मन्त्रालयले दुवै विकल्पलाई बेवास्ता गर्दै अर्काे विकल्प खोज्न समितिलाई पत्र पठाएको थियो । त्यसपछि समितिले पहिलाको विकल्पलाई नै उल्लेख गर्दै माघ २१ गते अर्थ मन्त्रालयलाई अर्को पत्र पठाएको थियो । तर, त्यो पत्रबारे अर्थ मन्त्रालयबाट हालसम्म कुनै प्रतिक्रिया नआएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । अर्थ मन्त्रालयले यससम्बन्धी तत्काल बजेट निकासी गर्नुपर्ने उनको भनाइ छ । ‘दाबी भुक्तानी हुन नसक्दा बीमाक्षेत्रप्रतिको आम मानिसको धारणा नै नकारात्मक हुन थालिसकेको छ । भुक्तानीमा अझै ढिलाइ भयो भने बीमाक्षेत्रको विश्वसनीयतामाथि नै प्रश्न आउन सक्छ,’ उनले भने, ‘तसर्थ, अर्थ मन्त्रालयले हामीले दिएको विकल्पलाई स्वीकार गर्दै तत्काल दाबी भुक्तानी दिनुपर्छ ।’ समितिको विकल्पलार्ई स्वीकार गरेमा सरकारले करीब ५ अर्ब वरिपरि निकासा गरे पुग्ने देखिन्छ ।

सम्बन्धित सामग्री

अर्थ मन्त्रालय र राष्ट्र बैंक प्रतिस्पर्धी होइन : अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक प्रतिस्पर्धी नभएको बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको आयोजनामा भएको म्यानेजमेन्ट समिट–२०२४ लाई सम्बोधन गर्दै मन्त्री पुनले अर्थ मन्त्रालय र राष्ट्र बैंक...

तेलको कुपन नै बाँडिरहने मनस्थितिमा पुग्यो अर्थ मन्त्रालय

१५ भदौ, काठमाडौं । गाडी सुविधा लिएका सरकारी पदाधिकारी र कर्मचारीलाई नगद नै दिने व्यवस्था कार्यान्वयन गर्नेबारे अर्थ मन्त्रालय अन्योलमा परेको छ । सरकारी सवारी चालकले तेलको कुपन पाउने प्रणाली बन्द गर्न गृहकार्य गरेको अर्थ मन्त्रालय अन्तिम समयमा पछि हट्ने मनस्थितिमा पुगेको छ । अर्थ मन्त्रालयले एक कार्यविधि जारी गरेर सरकारी पदाधिकारी तथा कर्मचारीले गाडीमा […]

अर्थ मन्त्रालय र राष्ट्र बैंक बीच हार्दिक सम्बन्ध हुनुपर्छ : विष्णु पौडेल

४ साउन, काठमाडौं । पूर्वअर्थमन्त्री एवम् नेकपा एमालेका नेता विष्णु पौडेलले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक बीच हार्दिक सम्बन्ध हुनुपर्ने बताएका छन् । बिहीबार अर्थ समितिको बैठकमा बोल्दै पौडेलले यस्तो बताएका हुन् । ‘अर्थ मन्त्रालय र राष्ट्र बैक बीच हार्दिक सम्बन्ध हुनुपर्छ, सम्बन्ध राम्रो छैन भन्ने सन्देश गयो भने त्यसले विश्वासको वातावरण गर्दैन,’ पौडेलले […]

नयाँ तलबमानका कारण अर्थ मन्त्रालय फेरि विवादमा

नयाँ तलबमानका कारण अर्थ मन्त्रालय फेरि विवादमा तानिएको छ । असमान ढंगले कर्मचारीको तलब बढाएको भन्दै नायब सुब्बाहरुले धर्ना दिएपछि मन्त्रालय एकपटक फेरि विवादमा तानिएको हो ।सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयअगाडि काठमाडौं, भक्तपुर र ललितपुरका नायब सुब्बाहरुले कर्मचारीको तलब समान ढंगले बढाउन माग गर्दै धर्ना दिएका छन् । आइतबार सार्वजनिक भएको तलबमानमा बजेटको घोषणाविपरीत तलब बढाइएको […]

नयाँ तलबमानका कारण अर्थ मन्त्रालय फेरि विवादमा

काठमाडौं । नयाँ तलबमानका कारण अर्थ मन्त्रालय फेरि विवादमा तानिएको छ । असमान ढंगले कर्मचारीको तलब बढाएको भन्दै नायब सुब्बाहरूले धर्ना दिएपछि मन्त्रालय एकपटक फेरि विवादमा तानिएको हो । सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयअगाडि काठमाडौं, भक्तपुर र ललितपुरका नायब सुब्बाहरूले कर्मचारीको तलब समान ढंगले बढाउन माग गर्दै भर्ना दिएका छन् । आइतबार सार्वजनिक भएको तलबमानमा बजेटको […]

शपथलगत्तै पदभारका लागि अर्थ मन्त्रालय पुगे शर्मा

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएसँगै अर्थमन्त्री जनार्दन शर्मा पदभारका लागि सिंहदरबार पुगेका छन् । राष्ट्रपति भवन शीतल निवासबाट शर्मा सिधै कार्यभार सम्हाल्न अर्थ मन्त्रालय पुगेका हुन् । बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनावश्यक व्यक्तिलाई प्रवेश गराएर करका दर परिवर्तन गरेको आरोप लागेपछि शर्माले गत असार २२ गते मन्त्री पदबाट राजीनामा दिएका थिए । तर, संसदीय समितिले १७ दिन लगाएर छानविन गर्दा निर्दोष सावित भएपछि उनी पुनः अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका

छानबिन गर्न गठित समिति अर्थ मन्त्रालय जाँदै

काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा बिचौलियाको प्रयोग गरेको सम्बन्धमा सत्य तथ्य छानबिन गर्न बनेको संसदीय समिति बुधबार अर्थ मन्त्रालय जाँदै छ । ११ सदस्यीय समितिले मङ्गलवारदेखि आफ्नो कामकारबाही सुरु गरेको हो । बुधबार भने उक्त विषयमा सत्य तथ्य जानकारी लिन समितिका सदस्यहरू अर्थ मन्त्रालयमा जाने भएको समितिका एक सदस्यले जानकारी दिए । […]

अर्थ मन्त्रालय अन्तर्गतको छलफल सकिएपछि संसद बैठकमा एमाले सामेल

प्रमुख प्रतिपक्ष नेकपा एमाले प्रतिनिधिसभामा अर्थ मन्त्रालय अन्तर्गत विनियोजन विधेयकमाथिको छलफल सकिएपछि प्रतिनिधिसभा बैठकमा फर्किएको छ । अर्थमन्त्री जनार्दन शर्माले छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा एमालेले बैठक बहिष्कार गरेको थियो । अर्थ मन्त्रालय अन्तर्गतको छलफल सकेर रक्षा मन्त्रालय अन्तर्गत छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने प्रक्रियामा भने एमाले पनि बैठक कक्षमा प्रवेश गरेको छ ।  (यसअघि अन्यथा भएकोमा सच्याइएको छ । -सम्पादक)

अर्थतन्त्र सामान्य छ, एमालेले बेमौसमी बाजा बजायो : अर्थ मन्त्रालय

काठमाडौं : कोरोना महामारीअघि अर्थात् सन् २०२० मा देशको मुद्रास्फीति वस्तु तथा सेवा आयातलाई १३ महिनासम्म धान्न सक्ने अवस्थामा थियो। अहिले ६ महिनासम्म मात्र धान्न सक्ने अवस्थामा रहेको अर्थ मन्त्रालय बताउँछ। अहिले युक्रेन रुस युद्धलगायत कारणले डलर र तेलको मूल्य बढेको, कोरोना महामारी सकिएसँगै आयात र व्यापार घाटा बढ्दा आयातमा आधारित अर्थतन्त्र संकटको डिलमा पुगेको अर्थविदहरूले बताइरहँदा मुलुकको सम्पूर्ण अर्थ व्यवस्थाको नेतृत्व गरिरहेको अर्थ मन्त्रालय भने त्यो स्विकार्न तय

व्यवसायीको निरन्तर कर दोहन, अर्थ मन्त्रालय बेफिक्री

एक दशकभन्दा लामो समयदेखि उद्योगी व्यवसायीले निरन्तर रूपमा मूल्य अभिवृद्धि कर (भ्याट) दोहन गर्दा जिम्मेवार निकाय अर्थ मन्त्रालय बेफिक्रीजस्तै देखिएको छ।भ्याट राजस्वका प्रमुख स्रोतमध्येको एक हो। एक दशकभन्दा धेरै समयदेखि विभिन्न किसिमबाट भ्याट छली भइरहेको छ। तर अर्थ मन्त्रालयले न भ्याट छली गर्ने उद्योगी व्यवसायीलाई कारबाही गर्न सकेको छ न त अनुसन्धानमा नै जोड दिएको छ।एक दशकअघि भ्याटको नक्कली बिल बनाएर राजस्व छली गरेको फेला परेपछि अर्थ मन्त्रालयको तत्कालीन नेतृत्वले आन्तरिक राजस्व विभागका कर्मचारीको