एक दशकदेखि मौरीपालन व्यवसाय गरिरहेका कालीमाटी गाउँपालिका–३ झिगानेका लोकेन्द्रबहादुर ओलीले गत वर्ष १४ क्विन्टल मह उत्पादन गरे । ७ सय रुपैयाँ प्रतिकिलो बिक्री गर्दा उनको कमाइ ९ लाख ८० हजार रुपैयाँ भयो । तर यो वर्ष २ क्विन्टल मात्र मह उत्पादन भएको छ । गत वर्ष महबाटै ४ लाख रुपैयाँ कमाएका उनका छिमेकी वेदबहादुर ओलीले यो वर्ष एक क्विन्टल मात्र मह उत्पादन गरे ।