बझाङ : जयपृथ्वी नगरपालिका-५ घर भएका धन बहादुर बुढाथापा बाजेको पालादेखि नै शुरू गरिएको मौरीपालन व्यवसायमा लागिरहेका छन्। बाजेको पालामा आफ्नो घरमा २५ घार मौरी रहेको, तर अहिले ५ घार मात्रै बाँकी रहेको उनी बताउँछन्। तर, पछिल्लो समय मौरीको घार पनि कम हुँदै गएको र भएका मौरी मर्न थालेपछि उनी चिन्तित छन्। उनले भने, 'मौरी के कारणले मरे भन्नेबारे धेरै जानकार नभएपनि भएका घारहरूमा पनि मह निकाल्दा मह पनि हुँदैन, मह उत्पादन गर्ने उत्तम समय चैत र वैशाख भ