काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता टुंगोमा पुर्याउन निर्वाचन आयोगले ‘हेड काउन्ट’ सुरु गरेको छ। जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिको सदस्यलाई आयोगमै बोलाएर सनाखत सुरु गरेको हो। जसपा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर समूहले छुट्टाछुट्टै बैठक राखेर आआफ्नो दाबी गरिरहेका थिए। यादव पक्षले आइतबारदेखि नै आफूनिकट कार्यकारिणी समिति सदस्य तथा सांसदलाई गोदावरी भिलेज रिसोर्टमा राखेर प्रशिक्षण दिएको थियो। संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष