बजेटमा समेटिएका अव्यावहारिक नीति

नेपाली अर्थतन्त्र सुधारका लागि यतिबेला थुप्रै काम गर्नुपर्ने अवस्था छ । खासगरी बढ्दो आयातलाई प्रतिस्थापन गर्न उत्पादनलाई जोड दिन आवश्यक छ । साँच्चिकै रूपमा स्वदेशी उत्पादनलाई जोड दिने खाले कार्यक्रमलाई प्रोत्साहन गर्ने हो भने अहिले देखिएका कैयन् समस्या समाधान गर्न सकिन्छ । यस्ता समस्या समाधान गर्नै नसकिने होइनन् । तर, यसका लागि सबभन्दा महत्त्वपूर्ण कुरा असल नियतले काम गर्न आवश्यक हुन्छ । अर्थतन्त्र सुधार गर्न जति निजीक्षेत्रको भूमिका हुन्छ, त्यो भन्दा कैयन् गुणा बढी भूमिका सरकारी निकायको हुन्छ, किनकि सरकारले लिने एउटा निर्णयले पार्ने प्रभाव दीर्घकालीन हुन्छ । त्यस्ता नीतिले अर्थतन्त्रमा व्यापक फेरबदल हुनसक्छ । अर्थतन्त्र समस्यामा पर्‍यो भनेर रोकइकराइ गर्दैमा अर्थतन्त्रका सूचक सकारात्मक हुँदैनन् । अर्थतन्त्र सुधार गर्न जति निजीक्षेत्रको भूमिका हुन्छ, त्यो भन्दा कैयन् गुणा बढी भूमिका सरकारी निकायको हुन्छ, किनकि सरकारले लिने एउटा निर्णयले पार्ने प्रभाव दीर्घकालीन हुन्छ । त्यस्ता नीतिले अर्थतन्त्रमा व्यापक फेरबदल हुनसक्छ । आउँदो आर्थिक वर्ष २०७९/८० का लागि अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सुधारका लागि बजेटमा व्यवस्था गरेका केही नीति सकारात्मक भए पनि केही अव्यावहारिक पनि देखिएका छन् । नेपाली निर्माण व्यवसायीलाई विदेशमा निर्माण कार्य गर्न दिइने, विदेशीलाई नेपालमा अपार्टमेन्ट खरीदमा खुकुलो, घरजग्गा कारोबार स्थापित कम्पनीले मात्र गर्न पाउने राम्रा नीति हुन् । तर, बजेटमा एउटै व्यक्तिले एकभन्दा बढी घर वा अपार्टमेन्ट खरीद गरेमा प्रत्येक थप घरको रजिस्ट्रेशन पासमा शतप्रतिशत थप रजिस्ट्रेशन दस्तुर लाग्ने व्यवस्था गरिनुले सरकारी नियत अर्थतन्त्र सुधारमा अझै स्पष्ट छैन कि भन्ने आंशका गर्न सकिन्छ । नेपालमा कतिपय पुरातन सोच राख्नेहरू घरमा हुने लगानीलाई अनुत्पादक ठान्छन् । एउटै व्यक्तिले एकभन्दा बढी घर वा अपार्टमेन्ट खरीद गरेमा रजिस्ट्रेशन पास गर्दा शतप्रतिशत थप रजिस्ट्रेशन दस्तुर लाग्ने व्यवस्था गरिनुले अहिलेको सरकार खासगरी अर्थमन्त्री शर्मामा पनि सोही सोच रहेको देखिन्छ । सरकारले यस्तो नीति लिँदा भविष्यमा पर्नसक्ने सामान्य असरसमेत ख्याल गरेको देखिएन । एउटा घर निर्माण हुँदा त्यसमा के के सामग्री प्रयोग हुन्छन् र ती सामान कसरी तयार हुन्छन् भन्नेबारेमा अर्थमन्त्री बेखबर जस्तै देखिएका छन् । घर निर्माण गर्न इँटा, सिमेन्ट, बालुवा, गिटी, रंग, डण्डीजस्ता थुप्रै नेपालमै उत्पादन हुने सामान प्रयोग हुन्छन् । ती सामान प्रयोग हुने भएकाले नै घर निर्माण हुँदा सम्बद्ध क्षेत्रका उद्योग, व्यवसाय पनि सञ्चालनमा सहजता भइरहेको हुन्छ । घर निर्माणका कारण प्रत्यक्ष र अप्रत्यक्ष गरी ठूलो जनसंख्याले रोजगारी पाइरहेको हुन्छ । सरकारले बजेटमा जुन व्यवस्था गरेको छ, त्यो कार्यान्वयन हुने हो भने घर निर्माणको संख्या घट्ने देखिन्छ । घर निर्माणको संख्या घट्यो भने कुनै व्यक्तिको एकबाट दुईओटा घर बन्ने क्रम मात्र रोकिने होइन, यसको प्रभाव अन्य उद्योग, व्यवसायमा पनि पर्छ । घर निर्माण जति बढी हुनसक्यो त्यति नै बढी अर्थतन्त्र पनि चलायमान हुने हो । घर निर्माण भएपछि नै एकले अर्कोलाई भाडामा दिनेदेखि कार्यालय सञ्चालनसम्म गर्न पाइन्छ । घर निर्माणमै अंकुश लगाउन खोज्दा यसले घर भाडा बढाउने मात्र नभई समग्र अर्थतन्त्रमा असर गर्ने देखिन्छ । बरु यतिखेर सरकारले जग्गा कारोबारमा सट्टेबाजी गर्नेलाई कडाइ गरेको भए अर्थतन्त्रका लागि राम्रो हुन्थ्यो । जग्गा खरीद गर्ने र दुई/चार महीनामा विक्री गर्ने धन्दा सबल अर्थतन्त्रका लागि सकारात्मक हुँदैन । त्यस्तै सरकारले बजेटमा उद्योग व्यवसाय वा प्रतिष्ठानको नाममा रहेको हदबन्दीभन्दा बढी जग्गा धितो राखी कर्जा लिन, व्यवसाय टाट उल्टेमा विक्री गरी सरकारी राजस्व तिर्न र बैंक तथा वित्तीय संस्थाको कर्जा भुक्तानी गर्न पाउने व्यवस्था गरेको छ । यस्तो नीतिले रुग्ण उद्योगबाट राजस्व असुल गर्न त सजिलो होला, तर कतिपय स्वस्थ रूपमा चलिरहेका उद्योगलाई पनि रुग्ण हुन प्रोत्साहन गर्छ । उद्योग रुग्ण हुन पायो भने जग्गा बेचेर सञ्चालकले लाभ पाउने भए ।   यस्तो नीति कार्यान्वयन हुँदा रुग्ण उद्योगको ध्यान जग्गा बेच्नेतिर केन्द्रित नहोला भन्न सकिँदैन । अत: सरकारले बजेटमा व्यवस्था गरेका अव्यावहारिक र अर्थतन्त्रलाई सबल नबनाउने नीतिमा पुनर्विचार गर्न आवश्यक छ । समयमै गल्ती स्वीकार गर्दा खासै फरक पर्दैन तर त्यस्ता गल्तीमा आँखा चिम्लने हो भने त्यसको असर दीर्घकालसम्म पर्छ, जबकि त्यतिबेला सुधार गर्ने सम्भावना निकै न्यून भइसकेको हुन्छ ।

सम्बन्धित सामग्री

एकसय वर्षका ६१ जनाको कथा पुस्तकमा

पुस्तकमा ६१ जना यस्ता शताब्दी पुरुष महिलाका संर्घषका अनुभवहरू समेटिएका छन्। देशका विभिन्न जिल्लाका उनीहरूको जीवन संस्मरण पुस्तकमा समेटिएका छन्।...

एकसय वर्षका ६१ जनाको कथा पुस्तकमा

पुस्तकमा ६१ जना यस्ता शताब्दी पुरुष महिलाका संर्घषका अनुभवहरू समेटिएका छन्। देशका विभिन्न जिल्लाका उनीहरूको जीवन संस्मरण पुस्तकमा समेटिएका छन्।...

यी हुन् बजेटमा समेटिएका कर्णालीका योजनाहरु

सरकारले नयाँ आर्थिक वर्षको बजेट आइतबार संसदमा प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमा कर्णालीका थुप्रै योजनाहरु समेटिएका छन् । यद्यपि योजनाका लागि बजेट भने उल्लेख गरिएको छैन् ।कतिपय अघिल्लो आर्थिक वर्षका योजनाहरु समेटिएका छन् भने केही नयाँ योजनाहरु पनि समेटिएको छन् । विशेषगरी कर्णालीको कृषि क्षेत्रलाई बजेटमा प्रमुख प्राथमिकता दिइएको छ । कर्णालीमा रैथाने बालीको संरक्षण गरी कृषिलाई आधुनिकिकरण गरिने कार्यक्रम छ । त्यसका लागि आवश्यक बजेटको व्यवस्थापन गरिएको अर्थमन्त्री श

नीति तथा कार्यक्रममा स्वास्थ्य सेवाका लागि समेटिएका विषय

काठमाडौं : सरकारले आर्थिक वर्ष २०७९।८० को नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले स‌ंसद्‌मा मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्।आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा स्वास्थ्य सेवाका कार्यक्रमलाई प्रमुखताका साथ समेटिएको छ।सरकारले ल्याएको नीति तथा कार्यक्रममा हरेक प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्नेदेखि किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइनेसम्मका लोकप्रिय कार्यक्रम समेटिएका छन्।य

स्थानीय तहको निर्वाचन : चुच्चे नक्सामा समेटिएका नेपालीले मतदान गर्न नपाउने

काठमाडौं : नेपालको चुच्चे नक्शामा समेटिएका नेपालीले वैशाख ३० मा हुने स्थानीय तहको चुनावमा मतदान गर्न नपाउने भएका छन्। गुन्जी, नावी र कुटी गाउँका बासिन्दाले भारतीय नागरिकता लिएको र उतैको सेवासुविधा उपभोग गरिरहेकाले दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले थाहाखबरलाई जानकारी दिए।‘उहाँहरू त पहिलेदेखि नै भारतीय नागरिकता र उतैको सेवासुविधा लिइरहनुभएको जानकारी छ', उनले भने, 'धेरै रेकर्ड हामीसँग छैन, जनगणना पनि खासै गर्न सकिएन त्यस क्षेत्रको, मतदाता नामावली पनि समेटिन सकि

चुच्चे नक्सामा समेटिएका तीन गाउँमा जनगणना नहुने

भारतीय अतिक्रमणमा परेको दार्चुलाका तीन गाउँमा जनगणना नहुने भएको छ । नेपालको चुच्चे नक्सामा समेटिएका नावी गुञ्जी र कुटीमा जनगणना नहुने भएको हो । अहिले सरकारले जिल्लाका सबै स्थानीय तहमा घर...

चुच्चे नक्सामा समेटिएका महाकालीपारिका गाउँमा जनगणना नगरेकोमा नेविसंघको आपत्ति

काठमाडौं : नेपाल विद्यार्थी संघ (नेविसंघ)ले चुच्चे नक्सामा समेटिएका महाकालीपारिका गाउँमा जनगणना गर्न सुपरिवेक्षक किन नपठाएको भन्दै सरकारसँग प्रश्न गरेको छ। जनगणनाको अन्तिम दिनसम्म महाकालीपारिको कालापानी, लिपुलेक क्षेत्रमा घर तथा परिवार सूचीकरण हुन नसकेको भन्दै नेविसंघले सरकारलाई प्रश्न गरेको हो। ‘यस विषयमा नेपाल विद्यार्थी संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ महामन्त्री…

बजेटमा समेटिएका कार्यक्रम कार्यान्वयन गर्न माग

होटल संघ नेपालले बजेटमा समेटिएका कार्यक्रम कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । संघकी अध्यक्ष सिर्जना राणा नेतृत्वको टोलीले बुधबार अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर होटल उद्योगलाई प्रदान गरेको उत्पादनमूलक उद्योग सरहको सुविधा प्रदान गर्ने व्यवस्था कार्यान्वयनको माग गरेको हो । संघले औद्योगिक व्यवसाय ऐन २०७६ तथा आयकर ऐन २०५८ को ११(३) को परिभाषामा समेत राखेर […]

बाइबलमा समेटिएका केही जीवन उपयोगी ज्ञानहरू

बाइबल इसाई धर्मको मूल ग्रन्थ हो । यस धर्मशास्त्रलाई धेरै इसाईहरू परमेश्वर ले दिएको पवित्र शास्त्र मान्छन् । यो ग्रन्थ विश्वमा सबैभन्दा धेरै भाषामा अनुवाद भएको पुस्तक पनि हो । यो पुस्तक पहिले हिब्रु, आरमाइक् र ग्रीक भाषामा लेखिएको थियो । इसाई धर्मावलम्बीहरू यही ग्रन्थलाई आफ्नो आदर्श मान्ने गर्छन् । त्यही बाइबलमा समेटिएका केही जीवन […]