केन्द्र र प्रदेश सरकारले बजेट विनियोजन गरेसँगै विराटनगरस्थित केशलिया खोला किनारमा सौन्दर्यीकरणसहित करिडोर निर्माण कार्य सुरु भएको छ । मंगलबार विराटनगरमा आयोजित बुढी तथा केशलिया नदी करिडोर तथा संरक्षण योजनाका सन्दर्भमा आयोजित छलफल तथा अभिमुखीकरण कार्यक्रममा करिडोर निर्माणका लागि विज्ञहरूले प्रस्तुति दिएका हुन् ।नदी क्षेत्रमा गएर गरिएको अनुसन्धानबाट विज्ञहरुले करिडोर निर्माण गर्दाका फाइदा र चुनौतीबारे अवगत गराएका छन् । विज्ञहरू डा. महेन्द्र सुब्बा, प्रशान्त मल्ल तथा जेनी श्रेष्ठले दिगो विकासको अवध