कास्की - पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा पोखरामा भएकाे राष्ट्रिय साइक्लिङ प्रतियोगिताको उपाधि नेपाल आर्मीका हिमाल टमाटाले जितेका छन् ।
उनले निर्धारित ४५ किलोमिटरको दूरी २ घण्टा ३४ मिनेट १० सेडेण्डमा पूरा गर्दै उपाधि जितेका हुन् । तीन मिनेट पछि परेका एपीएफका लक्ष्मण मल्लले २ घण्टा ३७ मिनेट ५० सेकेण्डमा दूरी पूरा गर्दै दोस्रो स्थान हासिल गरे । त्यसैगरी कास्कीका हिक्मत विकले २ घण्टा ४६ मिनेट ३९ सेकेण्डमा पूरा गर्दै तेस्रो स्थान हासिल गरे ।
महिलातर्फको उपाधि उषा खनालले जितेकी छन् । उनले न...