डोटीका किसानले गरे सुन्तला बिक्रीबाट मनग्य आम्दानी

काठमाडौं, ३० पुष । डोटीका किसानले सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्दैआएका छन् । जिल्लाको जोरायल गाउँपालिका, बडीकेदार गाउँपालिका बोगटान फुड्सिल गाउँपालिकामा उत्पादन भएको सुन्तला दिपायल, अत्तरिया, धनगढी, टीकापुर, महेन्द्रनगर तथा स्थानीय बजारमा सुन्तला बिक्री गरी आय आर्जन गर्दै आएका छन् । सुन्तला सरदर प्रतिकिलो रु ७० देखि रु ८० मा बिक्री भइरहेको किसानले बताएका […]

सम्बन्धित सामग्री

सुन्तला बिक्रीबाट मनग्य आम्दानी

गलेश्वर – म्याग्दीको बेनी नगरपालिका–३ मा पर्ने राखु र वडा नं ४ को बास्कुना गाउँका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर यस वर्ष गाउँमा रु साढे दुई करोड भित्र्याएका छन्। यहाँका गाउँलेले पाखोबारी र धान फल्ने खेतमा सुन्तला खेती गरेपछि अहिले सोही गाउँका किसानहरुले आफ्नै गाउँमा बसेर वार्षिक करोडौँ कमाउन सफल भएका हुन्। राखुकी सन्तकुमारी […]

सुन्तला बिक्रीबाट मनग्य आम्दानी

काठमाडौं, २७ पुष । म्याग्दीको बेनी नगरपालिका–३ मा पर्ने राखु र वडा नं ४ को बास्कुना गाउँका कृषकहरुले यस वर्ष सुन्तला बिक्री गरेर  गाउँमा रु साढे दुई करोड भित्र्याएका छन् । यहाँका गाउँलेहरुले पाखोबारी र धान फल्ने खेतमा सुन्तला खेती गरेपछि अहिले सोही गाउँका किसानहरुले आफ्नै गाउँमा बसेर वार्षिक करोडौँ रुपैयाँ कमाउन सफल भएका हुन् […]

बोटबाटै सुन्तला बिक्री गरेर मनग्य आम्दानी

गलकोट- सुन्तला गाउँका नामले परिचय बनाएको बागलुङ नगरपालिका–८ सिगानामा बोटबाटै सुन्तला बिक्री हुन थालेको छ । सिगानाका यामबहादुर केसीले आफ्ना एक दर्जन सुन्तलाका बोटलाई एकमुस्ट रु ४५ हजारमा पोखराका व्यापारीलाई बिक्री गरे । सुन्तला व्यापारीले बोटबाटै टिपेर सुन्तला लैजाने गरी सिगानाका अधिकांश सुन्तला किसानले सम्झौता गर्ने गरेका छन् भने केहीले आफै टिपेर पोखरा पठाउने गरेका […]

बोटबाटै सुन्तला बिक्री, मनग्य आम्दानी

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले गाउँमा यस वर्ष राम्रो उत्पादन भएपछि बोटबाटै सुन्तला बिक्री भएको छ । पाक्दै गरेको सुन्तला बोटबाट पोखरा र काठमाण्डौंबाट आएका व्यापारीले खरिद गरेको स्थानीय कृषक मायादेवी पुनले बताउनुभयो । व्यावसायिक सुन्तला खेती गर्दै आएका यहाँका किसानले उत्पादन गरेका सुन्तला पोखरा, चितवन र काठमाडौँबाट आएका व्यापारीले बगैँचाबाटै प्रतिकिलो रु ९५ मा […]

सुन्तला खेतीबाट मनग्य आम्दानी गर्दै दोसल्लेका किसान

गलेश्वर– उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ दोसल्लेमा व्यावसायिक रूपमा गरिएको सुन्तला खेतीले किसानको जीवनस्तरमा सुधार ल्याएको छ । दोसल्ले गाउँका ५० घरपरिवारका नागरिकले परम्परागत खेती मकै, गहुँ र कोदो भन्दा सुन्तला खेतीबाट राम्रो आम्दानी हुन थालेपछि खाद्यान्न खेती छोडेर सुन्तलाको व्यावसायिक खेती सुरु गरेका हुन् । गत वर्ष यहाँका किसान सुन्तला बिक्री गरेर रु ५० […]

स्याङ्जाको सिरौसा गाउँबाट एक करोडभन्दा बढीको सुन्तला बेचबिखन

स्याङ्जा । गल्याङ नगरपालिका–७ सिरौसा गाउँबाट यसपटक एक करोड रुपैयाँभन्दा बढीको सुन्तला बिक्री भएको छ । सिरौसा गाउँका किसानले यसपटक सुन्तला बिक्रीबाट १ करोड २५ लाखभन्दा बढी आम्दानी गाउँमा भित्र्याएका हुन् । सिरौसाको नवदुर्गा फलफूल तथा कृषि समूहमा आबद्ध किसानको मुख्य आम्दानीको स्रोत सुन्तला खेती भएको समूहका संयोजक भूपराज भण्डारीले बताए । सिरौसा गाउँमा सुन्तला खेती गर्ने किसान दुई समूहमा आबद्ध छन् । दुई समूहमा गरेर ६२ घरधुरी समावेश छन् ।      ‘गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा कमी भयो,’ संयोजक भण्डारीले भने, ‘गत वर्ष गाउँमा सुन्तला बिक्रीबाट डेढ करोडभन्दा बढी रकम भित्रिएको थियो ।’      समूहमा आबद्ध प्रत्येक घरधुरीले सुन्तला बिक्रीबाट न्यूनतम एक लाखभन्दा बढी आम्दानी गर्ने गरेको उनले बताए । गाउँमा सबैभन्दा पहिलेदेखि व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका संयोजक भण्डारीले मात्रै यो वर्ष सुन्तला बिक्रीबाट १७ लाख आम्दानी गरेका छन् । ‘गाउँमा सुन्तला बिक्रीबाट न्यूनतम एक लाख कमाउने धेरै छन्’, उनले भने, ‘६/७ जनाले चार लाखदेखि १७ लाखसम्म सुन्तला बिक्रीबाट आम्दानी गर्छन् ।’       भण्डारीले मात्रै गत वर्ष सुन्तला बिक्रीबाट २२ लाख आम्दानी गरेका  थिए । यस वर्ष सुन्तला उत्पादनमा कमी भएका कारण आम्दानी घटेको उनले बताए । यहाँ उत्पादन भएको सुन्तला अहिले बोटबाट बिक्री भएको हो । यहाँको सुन्तला मुख्यगरी काठमाडौं र नारायणगढ बजारमा खपत हुने गरेको छ । ‘स्थानीय बजारमा पनि केही मात्रामा सुन्तला खपत भएको छ तर बाहिरी बजारमा बिक्री गरेको सुन्तलालाई मात्रै आम्दानीका रूपमा राखेका छौं,’ उनले भने, ‘यसपटक बजार मूल्य राम्रो पाएकाले पनि आम्दानी राम्रो भएको हो ।’     अर्का व्यावसायिक किसान देवीप्रसाद भण्डारीले यस वर्ष सुन्तला बिक्रीबाट ९ लाख आम्दानी गरेका छन् । उनीजस्तै व्यावसायिक किसानले सुन्तलाबाट मनग्य आम्दानी लिन थालेसँगै सुन्तला खेतीलाई व्यावसायिक रूपमा अगाडि बढाउन किसान आकर्षित भएका छन् ।         सुन्तलाका नयाँ बोट लगाउने र बगैंचा विस्तार गर्ने बढ्दो क्रममा रहेकाले आगामी वर्षमा उत्पादन बढ्न गई आम्दानीमा पनि वृद्धि हुने विश्वास समूहका संयोजक भूपराज भण्डारीको छ । यस वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोनको क्षेत्रभित्र यो ठाउँलाई पनि समेटिएको छ । गल्याङ–७ मा करिब १७ हजार हेक्टर क्षेत्रफलमा सुन्तला बगैंचा रहेको छ । रासस

तनहुँमा बढ्यो सुन्तला उत्पादन

तनहुँ । तनहुँमा यो वर्ष सुन्तला उत्पादन वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष १५ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको हो । कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले यो वर्ष ढिला गरी सुन्तला पाकेको र वर्षा राम्रो भएका कारण सुन्तला उत्पादनमा वृद्धि भएको बताए । ‘जिल्लाका विभिन्न ठाउँमा गरिएको अनुगमन र कृषकको भनाइअनुसार यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ’,  उनले भने, ‘जिल्लाका कृषकले सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन् ।’      गत वर्ष जिल्लामा आठ हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । उत्पादितमध्ये धेरै सुन्तला जिल्ला बाहिर निर्यात हुने गरेको छ । जिल्लामा उत्पादित सुन्तला काठमाडौं, पोखरा, नारायणगढलगायत ठाउँमा बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगौंडा, खैरेनीटार, भीमादलगायतका ठाउँमा समेत यहाँको सुन्तला बिक्री हुने गरेको किसान बताउँछन् । यस वर्ष जिल्लाबाट २४ करोड बराबरको सुन्तला बिक्री वितरण हुने अनुमान छ । ठेकेदार सुन्तला खरिदका लागि सुन्तला बगानमै पुग्ने गरेका छन् । तनहुँमा १ हजार ६०० हेक्टरभन्दा बढी क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको म्याग्दे गाउँपालिका–२ र ३ स्थित उमाचोकमा सबैभन्दा बढी सुन्तला उत्पादन हुने गरेको छ । व्यास नगरपालिका–११ तनहुँसुर, वडा–१३ को बेनीकोट, देवघाट गाउँपालिका–२, ३ र ४, आँबुखैरेनी गाउँपालिका–२ पतेनी, शुक्लागण्डकी नगरपालिका–११ राइपुर, भीमाद नगरपालिका–९ भानुमतिलगायत ठाउँमा व्यावसायिक रूपमा सुन्तला उत्पादन हुँदै आएको छ ।       म्याग्दे गाउँपालिका–२ उमाचोकका सुकनारायण श्रेष्ठ, विश्वबहादुर अधिकारी, निर्मल अधिकारी, रामबहादुर अधिकारीलगायतले वार्षिक लाखौं मूल्य बराबरका सुन्तला बिक्री गर्दै आएका छन् । बन्दीपुर गाउँपालिकाले सुन्तला उत्पादन वृद्धिका लागि पकेट क्षेत्रसमेत घोषणा गरेको छ । यसले कृषकलाई उत्साहित बनाएको छ । बन्दीपुर गाउँपालिका–६ काफलस्वाँरामा व्यावसायिक रूपमा सुन्तला खेतीका लागि पकेट क्षेत्र घोषणा गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले बताए ।      कार्यक्रमका लागि गाउँपालिकाले ५ लाख ५० हजार अनुदान दिनेछ । २ लाख ७२ हजार ५०० कृषकले लागत सहभागिता बेहोर्नुपर्नेछ । २ सय ५० रोपनी क्षेत्रफलमा सञ्चालन हुने कार्यक्रममार्फत यस गाउँमा सुन्तला उत्पादन वृद्धि गर्ने लक्ष्य राखिएको छ । काफलस्वाँरा गाउँपालिकाको राम्रो सुन्तला उत्पादन हुने क्षेत्र हो । यहाँका ३२ घरधुरीले सुन्तला खेती गर्दै आएका छन् । यहाँबाट वार्षिक करिब २० लाखसम्म सुन्तला उत्पादन हुने गरेको छ । सुन्तलाको पकेट क्षेत्रको रूपमा घोषणा गरिएपछि यहाँ वार्षिक रूपमा सुन्तला उत्पादन वृद्धि हुने लक्ष्य लिइएको छ । रासस

गण्डकीमा मात्रै तीन अर्बभन्दा बढीको सुन्तला बिक्री

गण्डकी प्रदेशमा मात्र यस वर्ष ३ अर्बभन्दा बढीको सुन्तला बिक्री भएको छ । बजारको कुनै समस्या नभएकाले सुन्तलाबाट मनग्य आम्दानी हुँदा किसानसमेत निकै खुसी भएका छन् ।