स्याङ्जाको सिरौसा गाउँबाट एक करोडभन्दा बढीको सुन्तला बेचबिखन

स्याङ्जा । गल्याङ नगरपालिका–७ सिरौसा गाउँबाट यसपटक एक करोड रुपैयाँभन्दा बढीको सुन्तला बिक्री भएको छ । सिरौसा गाउँका किसानले यसपटक सुन्तला बिक्रीबाट १ करोड २५ लाखभन्दा बढी आम्दानी गाउँमा भित्र्याएका हुन् । सिरौसाको नवदुर्गा फलफूल तथा कृषि समूहमा आबद्ध किसानको मुख्य आम्दानीको स्रोत सुन्तला खेती भएको समूहका संयोजक भूपराज भण्डारीले बताए । सिरौसा गाउँमा सुन्तला खेती गर्ने किसान दुई समूहमा आबद्ध छन् । दुई समूहमा गरेर ६२ घरधुरी समावेश छन् ।      ‘गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा कमी भयो,’ संयोजक भण्डारीले भने, ‘गत वर्ष गाउँमा सुन्तला बिक्रीबाट डेढ करोडभन्दा बढी रकम भित्रिएको थियो ।’      समूहमा आबद्ध प्रत्येक घरधुरीले सुन्तला बिक्रीबाट न्यूनतम एक लाखभन्दा बढी आम्दानी गर्ने गरेको उनले बताए । गाउँमा सबैभन्दा पहिलेदेखि व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका संयोजक भण्डारीले मात्रै यो वर्ष सुन्तला बिक्रीबाट १७ लाख आम्दानी गरेका छन् । ‘गाउँमा सुन्तला बिक्रीबाट न्यूनतम एक लाख कमाउने धेरै छन्’, उनले भने, ‘६/७ जनाले चार लाखदेखि १७ लाखसम्म सुन्तला बिक्रीबाट आम्दानी गर्छन् ।’       भण्डारीले मात्रै गत वर्ष सुन्तला बिक्रीबाट २२ लाख आम्दानी गरेका  थिए । यस वर्ष सुन्तला उत्पादनमा कमी भएका कारण आम्दानी घटेको उनले बताए । यहाँ उत्पादन भएको सुन्तला अहिले बोटबाट बिक्री भएको हो । यहाँको सुन्तला मुख्यगरी काठमाडौं र नारायणगढ बजारमा खपत हुने गरेको छ । ‘स्थानीय बजारमा पनि केही मात्रामा सुन्तला खपत भएको छ तर बाहिरी बजारमा बिक्री गरेको सुन्तलालाई मात्रै आम्दानीका रूपमा राखेका छौं,’ उनले भने, ‘यसपटक बजार मूल्य राम्रो पाएकाले पनि आम्दानी राम्रो भएको हो ।’     अर्का व्यावसायिक किसान देवीप्रसाद भण्डारीले यस वर्ष सुन्तला बिक्रीबाट ९ लाख आम्दानी गरेका छन् । उनीजस्तै व्यावसायिक किसानले सुन्तलाबाट मनग्य आम्दानी लिन थालेसँगै सुन्तला खेतीलाई व्यावसायिक रूपमा अगाडि बढाउन किसान आकर्षित भएका छन् ।         सुन्तलाका नयाँ बोट लगाउने र बगैंचा विस्तार गर्ने बढ्दो क्रममा रहेकाले आगामी वर्षमा उत्पादन बढ्न गई आम्दानीमा पनि वृद्धि हुने विश्वास समूहका संयोजक भूपराज भण्डारीको छ । यस वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोनको क्षेत्रभित्र यो ठाउँलाई पनि समेटिएको छ । गल्याङ–७ मा करिब १७ हजार हेक्टर क्षेत्रफलमा सुन्तला बगैंचा रहेको छ । रासस

सम्बन्धित सामग्री

लमजुङमा सुन्तला उत्पादन घट्याे

लमजुङमा सुन्तला उत्पादन घटेको छ । सुन्तला बगैँचा हेरचाहमा किसानको बेवास्ता, बोटमा रोग लाग्नेलगायत कारण सुन्तला उत्पादनमा कमी आएको हो। बेँसीसहर नगरपालिका–११ चिती स्याउतका भगवती पन्तले १३ रोपनी जग्गामा छ...

इच्छाकामनाको सुन्तला बोटबाटै बिक्री

इच्छाकामनामा उत्पादन भएका सुन्तला रसिलो हुने भएका कारण ग्राहकको रोजाइमापर्ने हुँदा किसानलाई सुन्तला बिक्रीको चिन्तै छैन। उनीहरुको बोटबाटै सुन्तला बिक्री हुँदै आएको छ।...

गण्डकीमा तीन अर्बको सुन्तला उत्पादन

गण्डकी, २२ पुस । गण्डकी प्रदेशका पहाडी जिल्लामा अहिले किसानलाई सुन्तला बेच्न भ्याइनभ्याइ छ । सुन्तला बेचेर यहाँका किसानले बर्षेनि मनग्ये कमाउँछन् । यहाँ बर्सेनि ठूलो परिमाणमा सुन्तला उत्पादन हुन्छ । कृषि विकास निर्देशनालयको प्रारम्भिक तथ्याङ्क अनुसार यसवर्ष १० प्रतिशतले सुन्तला उत्पादन बढेको छ । निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले ३० प्रतिशत सुन्तला अझै बोटमै रहेको […]

एउटै गाउँमा फल्यो तीन करोडको सुन्तला

गलकोट, १७ पुस । बागलुङ नगरपालिका–८ स्थित सिगानामा यस वर्ष झण्डै रु तीन करोडको सुन्तला उत्पादन भएको छ । उत्पादन बढेपछि यतिबेला त्यहाँका किसानलाई सुन्तला बिक्री गर्न चटारो भएको छ । सिगानामा पुसको दोस्रो हप्तासम्मको विवरणअनुुसार ७५ प्रतिशत सुन्तला बिक्री भइसकेको छ । ‘सुन्तला जोन’का रूपमा जिल्लामा आफ्नो परिचय बनाउँदै आएको यहाँका किसानले यसवर्ष सुन्तला […]

सुन्तला उत्पादनमा वृद्धि

मध्यबिन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ । जिल्लामा यस वर्ष गत वर्षको भन्दा दुई सय ३० मेट्रिकटन बढी सुन्तला उत्पादन भएको हो । जिल्लाभरका एक सय ९१ हेक्टर क्षेत्रफलको सुन्तला बगैँचाबाट अहिले एक हजार २५ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । उत्पादित सुन्तला बिक्रीबाट छ करोड १५ लाख आम्दानी भएको […]

पाँच करोडको सुन्तला उत्पादन

अर्घाखाँची– अर्घाखाँचीको पाणिनी गाउँपालिकाको एउटै गाउँमा करिब पाँच करोडको सुन्तला उत्पादन भएको छ । पाणिनी गाउँपालिका वडा नं. १ सिम्लेमा मात्र यो वर्ष करीव पाँच करोडको सुन्तला उत्पादन भएको हो । यतिवबेला सिम्लेका किसान सुन्तला टिप्न व्यस्त रहेका छन् । सिम्ले गाउँमा मात्र व्यवसायिक रुपमा ४९ किसानले सुन्तला खेती गरेका छन् । सुन्तला बिक्रीबाट हरेक […]

अर्घाखाँचीको एउटै गाउँमा फल्यो पाँच करोडको सुन्तला

अर्घाखाँचीको पाणिनी गाउँपालिकाको एउटै गाउँमा करिब पाँच करोडको सुन्तला उत्पादन भएको छ । पाणिनी गाउँपालिका वडा नं. १ सिम्लेमा मात्र यो वर्ष करीव पाँच करोडको सुन्तला उत्पादन भएको हो । यतिवबेला सिम्लेका किसान सुन्तला टिप्न व्यस्त रहेका छन् ।सिम्ले गाउँमा मात्र व्यावसायिक रुपमा ४९ किसानले सुन्तला खेती गरेका छन् । सुन्तला बिक्रीबाट हरेक किसानले ५ लाख देखी २८ लाखसम्म आम्दानी गर्ने अनुमान छ ।गत वर्ष २८ लाखको सुन्तला बिक्री गरेका रेवतीप्रसाद पौडेल पनि यतिवेला सुन्तला टिप्न व्यस्त छन् । २० रोपनीमा सुन्तला

बोटबाटै सुन्तला बिक्री

म्याग्दी, कात्तिक २६ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले गाउँमा यस वर्ष राम्रो उत्पादन भएपछि बोटबाटै सुन्तला बिक्री भएको छ। पाक्दै गरेको सुन्तला बोटबाट पोखरा र काठमाण्डौंबाट आएका व्यापारीले खरिद गरेको स्थानीय कृषक मायादेवी पुनले बताइन्। व्यावसायिक सुन्तला खेती गर्दै आएका यहाँका किसानले उत्पादन गरेका सुन्तला पोखरा, चितवन र काठमाडौँबाट आएका व्यापारीले बगैँचाबाटै प्रतिकिलो ९५ […]

कोसेली सिगानाका सुन्तला

काठमाडौँ,१४ असोज । सुन्तला गाउँका रुपमा रहेको सिगानाका अगुवा कृषक टोपबहादुर खड्काले बेमौसमी सुन्तला उत्पादन गरेका छन् । सामान्यतः सुन्तलाको सिजन कात्तिक, मङ्सिरमा भए पनि उनले सय बोटमा बेमौसमी सुन्तला फलाएका छन् । खड्काको सुन्तला बैँगचामा विभिन्न प्रजातिका १० देखि २० केजीसम्म सुन्तला एउटै बोटमा फल्ने गरेको छ । बेमौसमी सुन्तलाको बोट भने सानो हुने […]

तनहुँमा सुन्तला उत्पादनमा वृद्धि

दमौली । तनहुँमा यस वर्ष सुन्तला उत्पादन वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष १५ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको हो । कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले यस वर्ष ढिला गरी सुन्तला पाकेको र वर्षा राम्रो भएका कारण सुन्तला उत्पादनमा वृद्धि भएको बताए । ‘जिल्लाका विभिन्न ठाउँमा गरिएको अनुगमन र कृषकको […]