गण्डकी प्रदेशमा थप ११० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ११ जनाको नमुना परीक्षण गरिएकामा ११० जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये ४३ महिला र ६७ जना पुरुष रहेका छन् ।प्रदेशका ५ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की ४५, स्याङ्जा ५, म्यादी १८, गोरखा १३, लमजुङ २, तनहुँमा ७ र नवलपुरमा २० जनामा संक्रमण देखिएको हो ।