पूर्वराज्यमन्त्रीले दिए सत्तारुढ गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी

सल्यान : पूर्वशिक्षा राज्यमन्त्री तथा कांग्रेसका नेता राजेन्द्रबहादुर शाहले प्रतिनिधिसभा सदस्यका लागि बागी उम्मेदवारी दिएका छन्। शाहले सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका हुन्। उनको समूहबाट प्रदेश सभा (क) मा कांग्रेस कर्णाली प्रदेश सहमहामन्त्री एकराज डाँगीले पनि उम्मेदवारी दिएका छन्। शाह २०५४ को आमनिर्वाचनपछि शिक्षा राज्यमन्त्री भएका थिए । सल्यानमा कांग्रेस ठूलो दल भए पनि अन्य दललाई दिइएको भन्दै रुष्ट कांग्रेसको एक समूहले स्वतन्त्र उम्मेदवारी दिएको हो । 

सम्बन्धित सामग्री

पर्सा–१ मा त्रिपक्षीय भिडन्त, कसको पल्ला भारी ?

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत पर्सा क्षेत्र नम्बर १ मा त्रिपक्षीय भिडन्त हुने देखिएको छ । यस क्षेत्रबाट सत्तारुढ गठबन्धन, एमाले–जसपा गठबन्धनलाई टक्कर दिन नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति अजय द्विवेदीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।सत्ता गठबन्धनबाट लोसपाका लक्ष्मणलाल कर्ण उम्मेदवार छन् । यस्तै, एमाले–जसपा गठबन्धनबाट प्रदीप यादवले उम्मेदवारी दिएका छन् । सत्तारुढ गठबन्धनबाट विद्रोह गर्दै कांग्रेस नेता द्विवेदीले स्वतन्त्र उम्मेदवारी दिएका कारण यस क्षेत्रमा रोचक प्रतिस्पर्धा हुन

स्वतन्त्र उम्मेदवारको रोजाइमा ‘लालटिन’

देशका अधिकांश पालिकामा झैँ विराटनगर महानगरपालिकामा पनि स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच मुख्य रूपमा प्रतिस्पर्धा हुँदैछ । तर, यी दुई पक्षलाई विभिन्न पालिकामा अन्य दल र स्वतन्त्र उम्मेदवारले पनि कडा चुनौती दिएका छन् ।विराटनगर महानगरपालिकामा विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी परेको छ । मेयरदेखि लिएर वडा अध्यक्ष, सदस्यहरूमा पनि स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । स्वतन्त्र उम्मेदवारहरूले विभिन्न चुनाव चिह्न पाएका छन् । यद्यपि, ती चुनाव चिह्नमध्ये धेरैले ‘लालटिन’ का