काठमाण्डौ - कोरोना महामारी नियन्त्रणका लागि जर्मनी सरकारले पठाएको स्वास्थ्य सामग्री काठमाण्डौ आइपुगेको छ ।
नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड स्याफरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ६२ थान भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
युरोपेली सङ्घको बृहत् ईयू सोलिडारिटी प्याकेज अन्तर्गत आएका ती स्वास्थ्य सामग्री टर्किस एयरलाइन्सबाट नेपाल ल्याइएको हो । जर्मनीले उपलब्ध गराएको भेन्टिलेटरसहित आइसोलेशन टेन्ट, ३० हजार सर्जिकल मास्क, २७ हजार पाँच सय केए...