नेकपा एमालेमा माधवकुमार नेपाल पक्षका अधिकांश सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन् ।
एमालेको विवाद मिलाउने कार्यदलमा रहेका केही नेताले १० बुँदे सहमतिअनुसार पार्टीको विवाद मिलाउनेतर्फ जानुपर्ने बताएका भए पनि धेरैले संसद्, लोकतन्त्र र संविधान जोगाउन देउवालाई विश्वासको मत दिनुपर्ने पक्षमा छन् ।
नेपाल पक्षका नेता विरोध खतिवडाले त एमालेबाट ४० जना सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने दाबी गरे । ‘अदालतको फैसला आएदेखि नै हामी संसद् जोगाउनु पर्छ भनेर लागेक...