शुक्रबार सुरु हुँदै संसद्को बर्खे अधिवेशन, तयारी अन्तिम चरणमा
शुक्रबार सुरु अधिवेशनका लागि संघिय संसद् सचिवालयले तयारी अन्तिम चरणमा पुर्याएको जनाएको छ। सचिवालयका प्रवक्ता एकराम गिरीले सभाको सिट व्यवस्थापनको काम सकिएको जानकारी दिँदै हल र प्राविधिक व्यवस्थापनको काम पनि अन्तिम चरणमा पुगेको बताए।
गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन आजदेखि सुरु हुँदै छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बैठक आह्वान गरेका हुन् । मंगलबार बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन डाक्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको थियो । उक्त सिफारिसअनुसार प्रदेश प्रमुखले आज दिउँसो ३ बजेको समय दिएका छन् ।
काठमाडौँ। करिब ६ महिनापछि गण्डकी प्रदेश सभाको विधेयक अधिवेशन आजदेखि सुरु हुँदै छ । असोज ५ गते बर्खे अधिवेशन अन्त्य भएपछि अर्को बैठक बोलाइएको थिएन । एउटा अधिवेशन अन्त्य भएको ६ महिनाभित्रै अर्को अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ । आजको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले यसबिचमा नियुक्त भएका मन्त्री र सरकारको महत्त्वपूर्ण कामबारे संसद्मा जानकारी […]