रुपन्देही – गृहमन्त्री बालकृष्ण खाणले सबैको साझा प्रयत्नमा आउँदो चुनाव शान्तिपूर्णरूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘कर्मचारी, सुरक्षा निकायसँगको समन्वयमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव भयरहित वातावरणमा सम्पन्न हुन्छ ।’
बुटवलमा आज बुधवार आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले पालिका चुनाव सम्पन्न गर्न सबैको सहयोग रहेकाले आउँदो चुनाव पनि सबैको सहयोगमा शान्तिपूर्ण हुने बताउनुभयो ।
उहाँले नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिल...