प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइका क्रममा बहस गर्दै अधिवक्ता बद्रिराज भट्टले मुलुकलाई संविधानबमोजिम अघि बढाउनका लागि विघटनलाई तत्काल बदर गर्न माग गरेका छन् ।
सर्वोच्चको संवैधानिक इजलासमा जारी सुनुवाइमा बहस गर्दै अधिवक्ता भट्टले प्रधानमन्त्रीको लहडका भरमा प्रतिनिधि सभा विघटन गरिएको आरोप लगाए ।
२०४७ सालको संविधानले जस्तो अहिलेको संविधानले संसद् विघटनको अधिकार प्रधानमन्त्रीलाई नदिएको उनको जिकिर छ ।
'लहडमा आएर संसद् विघटन गरिएको छ । ४७ सालको संविधानले जस्तो अहिलेको संविधा...