सरकारले गुड्ने र उड्ने यात्राको साधनमा विभेद गरेको यातायात व्यवसायीहरुले गुनासो गरेका छन् ।
सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा निशेधाज्ञा जारी गर्दै यातायातका साधन बन्द गर्ने निर्णय गरेसँगै यातायात व्यवसायीहरुले विभेद गरेको बताएका हुन् ।
नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले विमान चल्न दिने तर सार्वजनिक सवारी बन्द गर्ने सरकारको नीति विभेदकारी भएको बताए । सार्वजनिक सवारीमा रोक तर विमान सञ्चालनमा निरन्तरताले कोभिड महामारी नियन्त्रण नहुने उनको भनाइ छ । “सरकारले सर्वसा...