फिल्म ‘२ नम्बरी’मा हिरो फेरिएका छन् । फिल्मको मुख्य कलाकार पलको ठाउमा सौगात मल्ल भित्रिएका हुन् । पल नाबालिग करणीको आरोपमा हिरासतमा रहेका कारण निर्माण युनिटले उनको ठाउँमा सौगात भित्र्याएको हो । २ वर्ष अगाडि शुभ साइत गरेर छायाङ्कन सुरु गर्दा फिल्ममा पल शाह मुख्य भूमिका थिए । तर, फिल्मको छायाङ्कन भइरहँदा कोरोना महामारीका कारण काम अगाडि बढ्न सकेन । अहिले भने फेरि सुरु हुन लागेको हो । फिल्मका कलाकार पल फेरिएका र एक कलाकार जयनन्द लामाको निधन भएकोले फिल्म सुरुबाटै खिचिने भएक