टिकटमा तारा एयरको मनोमानी

सिञ्जा– जुम्लाका हेमन्त घिमिरेले मङ्सिर ७ गते तारा एयरको ई–सेवाबाट जुम्लाबाट नेपालगञ्जको टिकट बुकिङ गरे। हाल हवाई इन्धनको मूल्यवृद्धि भएसँंगै जुम्लाबाट नेपालगञ्जसम्मको भाडादर रु पाँच हजार ८३० तोकिएको छ। तर तारा एयरको ई–सेवाले भने घिमिरेको रु आठ हजार ८३० काट्यो। तारा एयरकै अनलाइन एप्सले भने रु पाँच हजार ८३० नै काट्छ। यसरी बितेको एक महिनामा […]

सम्बन्धित सामग्री

हुम्ला विमानस्थलमा तारा एयरको जहाज चिलसँग ठोक्कियो

हुम्लाको मनेलेक नजिक तारा एयरको ट्विनअटर विमान चिलसँग ठोक्किंदा नोजमा क्षति भएको छ।

तारा एयरको जहाजमा चरा ठोक्कियो

२१ मंसिर, हुम्ला । हुम्लामा तारा एयरको जहाजमा चरा ठोक्किएको छ । नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उडेको कार्गो जहाजमा चरा ठोक्किएको हो । अदानचुली गाउँपालिकाको मुने लेकनजिकैको आकाशमा चिल ठोक्किएको तारा एयरका कर्मचारीले जानकारी दिएका छन् । दिउँसो करिब १ बजेतिर चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ । जहाजमा सवार चालक दलका सबै […]

तारा एयरको पोखरा-जोमसोम-पोखरा उडान २७ जेठसम्म बन्द हुने

काठमाडौं- तारा एयरको पोखरा-जोमसोम-पोखरा उडान बन्द हुने भएको छ । २० देखि २७ जेठसम्मका लागि उक्त रुटको उडान बन्द गरिएको यति एयरले जनाएको छ । बिहीबार सूचना जारी गर्दै यति एयरले विशेष कारणबस भोलि २० देखि २७ जेठसम्मका लागि तारा एयरको पोखरा-जोमसोम-पोखरा उडान स्थगित गरिएको जनाएको छ । पोखरादेखि जोमसोमका लागि उडेको तारा एयरको विमान आइतबार […]

तारा एयरको पोखरा-जोमसोम उडान स्थगित

तारा एयरको पोखरा-जोमसोम-पोखरा उडान बन्द हुने भएको छ । २० देखि २७ जेठसम्मका लागि उक्त रुटको उडान बन्द गरिएको तारा एयरले जनाएको छ । बिहीबार सूचना जारी गर्दै तारा एयरले विशेष कारणबस भोलि २० देखि २७ जेठसम्मका लागि पोखरा(जोमसोम(पोखरा उडान स्थगित गरिएको जनाएको छ । पोखरादेखि जोमसोमका लागि उडेको तारा एयरको विमान आइतबार दुर्घटनामा परेको थियो । दुर्घटनामा २२ जनाको मृत्यु भएको थियो । विमान दुर्घटनामा परी ज्यान गुमाउनेहरूको शव आज मात्रै आफन्तलाई बुझाइएको छ । सरकारले उक्त विमान दुर्घटनाका विषय

तारा एयरको जहाज यस्तो अवस्थामा फेला पर्यो

काठमाडौं, १६ जेठ । हिजो (आइतबार) देखि हराइरहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । नेपाली सेनाले उक्त दुर्घटनाग्रस्त जहाजको तस्विर सार्वजनिक गरेको छ । नेपाली सेनाले तारा एयरको दुर्घटनाग्रस्त जहाज फेला परेको र दुर्घटनास्थलतर्फ सेनाहरू गएको जनाएको छ । जहाज मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। […]

भेटिएन सम्पर्कविहीन तारा एयरको विमान

मुस्ताङ सदरमुकाम जोमसोमका लागि आइतबार पोखराबाट उडेको १२ मिनेटमै सम्पर्कविहीन तारा एयरको विमान साँझसम्म खोज्दा पनि भेटिएन । चालक दलका तीन सदस्यसहित २२ जना सवार विमान सम्पर्कविहीन भएपछि नेपाली सेना र...

सम्पर्कविहीन तारा एयरको विमान खोज्न फिस्टेल एयरको हेलिकोप्टर पठाइयो

काठमाडौँ । सम्पर्कविहीन भएको तारा एयरको ट्विनअटर जहाज खोज्न फिस्टेल एयरको हेलिकोप्टर पठाइएको छ । त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार सम्पर्कमा नरहेको जहाज खोज्नका लागि फिस्टेल एयरको हेलिकोप्टर प्रयोग गरिएको छ । उनले तारा -एन एईटी कल साइन भएको जहाज सम्पर्कमा नरहेको बताएका हुन् । पोखराबाट १९ यात्रु बोकेर जोमसोम उडेको तारा एयरको जहाज […]

तारा एयरको विमान सम्पर्कबिहीन

तारा एयरको विमान सम्पर्कविहीन भएको छ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको सो जहाज सम्पर्कविहीन भएको नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले जानकारी दिए ।   त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले घटनाबारे बुझ्ने काम भइरहेको बताए । उनले भने–‘विमान सम्पर्क बिहिन भएको कुरा आएको छ, हामी बुझ्दैछौँ ।’

इलाममा तारा एयरको पहिलो व्यावसायिक उडान

यती एअरलाईन्सको भगिनी संस्था तारा एयरले इलामको फाल्गुनन्द सुकिलुम्बा एयरपोर्टमा बुधबारबाट व्यावसायिक उडान सुरु गरेको छ ।फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग कालोपत्रे बनिसकेपछि तारा एयरको र इलाम जिल्लाकै पहिलो नियमित व्यावसायिक उडान सफलत भएको हो । तारा एयरको नाइन एनएलओ टुइनअटर वायुयान बिहान १०ः४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेर ११ः२७ मा सुकिलुम्बा एयरपोर्टमा अवतरण गरेको थियो […]

तारा एयरको ई–सेवाबाट ठगिँदै यात्रु

जुम्लाका हेमन्त घिमिरेले मंसिर ७ गते तारा एयरको ई–सेवाबाट जुम्लादेखि नेपालगन्जको टिकट बुकिङ गरे । हाल हवाई इन्धनको मूल्य वृद्धि भएसँंगै जुम्लादेखि नेपालगन्जसम्मको भाडादर ५ हजार ८ सय ३० रुपैयाँ तोकिएको छ । तर तारा एयरको ई–सेवाले भने घिमिरेको ८ हजार ८ सय ३० रुपैयाँ काट्यो ।तारा एयरकै अनलाइन एप्सले भने ५ हजार ८ सय […]