प्राधिकरणले सुरु गर्‍यो लोडसेडिङ, कुलमानले बिजुली दिन नसक्दा देशैभरका उद्योग बन्द

नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ सुरु गरेको छ । भारतबाट बिजुली खरिदमा समस्या आएपछि देशका उद्योगहरुमा बिजुली कटौती गरिएको छ । विशेषगरी ठूला उद्योगहरु भएको भैरहवा क्षेत्रमा बिजुली काटिएको छ ।भारतबाट आयात भइरहेको बिजुली मंगलबार रातिबाट आउन बन्द भएको छ । हरेक दिन बिड गरेर बिजुली किन्ने गरिएकोमा मंगलबारको बिडिङमा नेपाल नपरेपछि भारतबाट बिजुली आउन रोकिएको हो । भारतबाट आयात भईरहेको १२ हजार मेगावाट आवर बिजुली रोकिएको छ । लुम्बिनी करिडोरका सबै उद्योग बन्दबिजुली नभएपछि लुम्बिनी करिडोर भित्रका सबै उद्योग अहिले बन्द भएका छन् । नेपाल विद्युत प्राधिकरणको मणिग्राम कार्यालयले फ्याक्ट्री नचलाउन भनेको पञ्चकन्या स्टिलका महाप्रवन्धक देवेन्द्र शाहले जानकारी दिए ।‘अहिले यो क्षेत्रमा बिजोग छ, बिहान ८ बजे लाईन काटिदियो, हामीले फोन पनि गर्यौँ’ उनले भने, ‘माथिबाट निर्देशन नआएसम्म फ्याक्ट्री नचलाउनु भन्ने जवाफ हाम्रो क्षेत्रका प्राधिकरणका हाकिमले दिएका छन् । लोड हाम्रो जति छ, विद्युत त्यति छैन भन्ने जवाफ हामीले पायौँ । लुम्बिनी करिडोरमा जति पनि फ्याक्ट्री छन्, सबैमा काटिएको छ ।’पञ्चकन्या स्टिल, अम्बे स्टिल, अर्घाखाँची सिमेन्ट, लाली चाउचाउ, एभरेष्ट रोलिङ मिल्स, गोयन्का स्टिल, श्री स्टिल लगायतका ठूला उद्योगहरुमा लाइन काटिएको छ ।लिखित दिन मानेन प्राधिकरणप्राधिकरणले अघोषित रुपमा लोडसेडिङ गरेपनि उद्योगहरुलाई लिखित जानकारी दिन भने मानेको छैन । उद्योगीहरुले प्राधिकरणको मणिग्राम कार्यालयमा पुगेरै र फोन गरेर कुराकानी गरेपनि लिखित जानकारी दिन माथि (प्राधिकरणको केन्द्रीय कार्यालय) बाट आदेश नरहेको जवाफ आफूहरुले पाएको पञ्चकन्या स्टिलका महाप्रवन्धक देवेन्द्र शाह बताउँछन् ।‘माथिबाट उद्योगलाई लाइन काटेर घरघरमा मात्रै दिने निर्देशन छ रे, हाम्रो क्षेत्रका हाकिमले हामीलाई यहीँ बताए’ शाहले भने, ‘यदि त्यसो हो भने हामीलाई लिखित पत्र दिनु भन्यौँ, उहाँले लिखत दिन मिल्दैन, माथिबाटै कन्ट्रोल गर्छ भन्नुभयो ।’उनले साँच्चै लोडसेडिङ हो भने लिखित रुपमा ‘सेड्युअल’ (तालिका) उपलब्ध गराउन प्राधिकरणसँग माग गरेका छन् । यसका लागि उद्योगको तर्फबाट पत्र पनि पठाएको उनले जानकारी दिए ।बिजुली बढी भयो भन्ने अनि अहिले पुगेन भन्ने ?केही दिनअघि प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ आफैँ पनि भैरहवा क्षेत्रमा पुगेका थिए । त्यतिबेला उनले पञ्चकन्या स्टिलका महाप्रवन्धक शाहसहित अरु उद्योगका कर्मचारी र उद्योगीहरुलाई भेटेर बिजुलीको खपत बढाउन भनेका थिए ।‘कुलमान सरले मसँगै भेटेर फ्याक्ट्रीमा एक्स्ट्रा लोड थपिहाल्नुस् भन्नु भएको थियो’ शाहले स्मरण गर्दै भने, ‘बिजुली बढि भएको भनेको केही दिनमै अहिले लाइन काटिएको छ । तालिका नै दिए भईहाल्यो नि, कुचुकुचु १ घण्टा, २ घण्टा लाइन छोड्दा हामीलाई लस (घाटा) हुन्छ, ८ घण्टा दिने हो कि, १२ घण्टा दिने हो कि, हप्तामा २ दिन मात्रै दिने हो कि, त्यो तालिका त हामीलाई दिनुपर्यो नि ।’अहिले मुलुक भरीको दैनिक उच्च माग १६ सय मेगावाट रहेकोमा ८ सय मेगावाट मात्र स्वदेशी उत्पादनले धान्दै आएको छ । यसमा निजी क्षेत्रबाट उत्पादित बिजुली करिब ३ सय मेगावाट छ । बाँकी ८ सय मेगावाट भारतबाट किन्नुपर्ने बाध्यतामा प्राधिकरण छ ।यसकारण गएराती बाटै भैरहवासहित वीरगञ्ज, विराटनगर, हेटौँडा लगायतका औद्योगिक क्षेत्रका उद्योगहरुले पनि बिजुली पाएका छैनन् ।

सम्बन्धित सामग्री

‘औद्योगिक कोरिडोरको बिजुली काट्दा निर्माण उद्योग मारमा’

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले औद्योगिक कोरिडोरका उद्योगमा बिजुली काट्दा निर्माण उद्योग थप मारमा परेको नेपाल निर्माण व्यवसायी महासंघले बताएको छ । केही दिनदेखि प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनको महशुल नतिरेका उद्योगको बिजुली काट्दै आएको थियो । महासंघले लाइन काट्नेभन्दा पनि वार्ताबाटै समस्या समाधान गरी औद्योगिक वातावरण सहज बनाइदिन आग्रह गरेको छ । विद्युत् लाइन काटेसँगै निर्माण सामग्री उत्पादक उद्योगहरू बन्द हुँदा निर्माण सामग्रीको अभाव भई आयोजनाहरू समयमा सम्पन्न हुन नसक्ने महासंघका महासचिव रोशन दाहालले बताए । निर्माण सामग्री उत्पादन नहुँदा बजारमा कृत्रिम मूल्यवृद्धि हुनेतर्फ महासंघले ध्यानाकर्षण गराएको छ । विद्युत् लाइन काटेसँगै निर्माण सामग्री उत्पादक उद्योगहरू बन्द हुँदा निर्माण सामग्रीको अभाव भई आयोजनाहरू समयमा सम्पन्न हुन नसक्ने नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले बताए । निर्माण व्यवसायीले काम गरेको रकम पनि पाउन नसकेको अवस्थामा निर्माण सामग्री उत्पादन गर्ने उद्योग बन्द हुँदा थप मार परेको महासंघले बताएको छ । बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै महासंघले भुक्तानी नपाएको कारण समग्र निर्माण उद्योग नै समस्याग्रस्त रहेको बताएको छ । यस्तो परिस्थितिमा निर्माण उद्योगहरू बन्द हुँदा निर्माण कार्य प्रभावित भएको महासंघको भनाइ छ ।  उद्योगीहरू नियमानुसार उपभोग गरेको विद्युत्को बक्यौता महशुल तिर्न तयार हुँदा हुँदै प्राधिकरणले हठात् लाइन काटेको र राज्य आफ्नो अभिभावकीय दायित्वबाट पछि हटेको महासंघको गुनासो छ । प्रधानमन्त्रीले उच्चस्तरीय समिति बनाएर समस्याको निकास दिने र महशुल निर्धारण आयोगको सुझाव अनुसार महशुल असुल गरिने बताइरहँदा प्राधिकरणले धमाधम लाइन काटेर उद्योग बन्द गर्ने स्थिति ल्याउनु न्यायोचित नभएको प्रतिक्रिया महासंघले दिएको छ । प्राधिकरणले लाइन काटेसँगै मुख्य औद्योगिक कोरिडोरका ठूला उद्योग बन्द हुँदा मजदूर बेरोजगार भएको पनि उल्लेख गरिएको छ ।

डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिर्ने ६१ उद्योग (सूचीसहित)

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट बिजुली प्रयोगबापतको २२ अर्ब २४ करोड ५७ लाख भन्दा बढी बक्यौता रहेको जनाएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार २३९ उद्योगमध्ये १७८ ले प्रिमियमसहित महसुल तिरेको र ६१ उद्योग बाँकी रहेको बताएको छ । डेडिकेटेड तथा ट्रक लाइनबाट विद्युत् उपभोग गरेको कुल ६१ वटाको २०८० मङ्सिर मसान्तसम्म […]

उद्योगमा आउन थाल्यो बिजुली, आन्दोलनका कार्यक्रम स्थगित

मोरङको औद्योगिक क्षेत्रमा बिजुली आउन थालेको छ । मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले नेपाल विद्युत् प्राधिकरणसँग छलफल गरेपछि औद्योगिक क्षेत्रमा बिजुली आएको हो ।नेपाल विद्युत् प्राधिकरणले औधोगिक क्षेत्रको बिजुली काटेपछि व्यापार संघ र परिसंघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । औद्योगिक क्षेत्रमा नियमित बिजुली दिने सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको छ  । नेपाल विद्युत् प्राधिकरणले औधोगिक क्षेत्रमा बिजुली नकाट्ने प्रतिबद्धता जनाएपछि आन्दोलनका कार्यक्रम फिर्ता ग

कैदीवन्दीलाई बिजुली जडान सीप

जुम्लामा कारागारमा वन्दी जीवन विताउँदै आएका कैदीवन्दीलाई बिजुली जडान सम्वन्धी सीप सिकाइएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाको आयोजनामा कैदीवन्दीलाई एक महिने विजुली जडान (हाउस वाइरिङ) सम्वन्धी...

‘बढी बिजुली खपत गर्ने उद्योग स्थापना गरे सरकारले सहयोग गर्छ’

काठमाडौँ – सरकारले बढी विद्युत् खपत गर्ने उद्योग स्थापनाका लागि निजी क्षेत्रलाई आह्वान गरेको छ। स्वदेशी बिजुलीको खपत स्वदेशमै गर्नुपर्छ भन्ने ध्येयसाथ सरकारले उद्योगी तथा व्यवसायीलाई त्यस्तो आग्रह गरेको हो। ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भनिन्, ‘हामीले बढी विद्युत् खपत गर्ने उद्योग स्थापनाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई विशेष आह्वान गर्दै आएका छौँ। […]

प्राधिकरणलाई बिजुली बेच्ने हतारो, ६२ प्रतिशत उद्योग अझै पनि जेनेरेटरकै भरमा

विगत केही दिनयता उपत्यकाका विभिन्न स्थानहरूमा विद्युत आपूर्तिमा भएको गडबडीले झयाप्प–झयाप्प बिजुली जान थालेपछि सर्वसाधारणले सास्ती खेप्नु परेको गुनासो गरेका छन् ।

बिजुली नपाएर उद्याेग नै नचल्ने हाे कि भन्ने शङ्का गर्नुपर्दैन : मन्त्री भुसाल

काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्योगी व्यवसायीहरूलाई उद्योग स्थापना गर्दा बिजुली नपाएर उद्योग बन्द हुने हो कि भन्ने शङ्का नगरिकन उद्योगमा लगानी गर्न आग्रह गर्नुभएको छ । आज बिहीवार ऊर्जा मन्त्रालयमा उद्योगी व्यवसायीसँग बिजुली आपूर्तिसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले व्यवसायीले उद्योग स्थापना गर्दा बिजुली नपाएर उद्योग नै नचल्ने हो कि भन्ने शङ्का नगरिकन उद्योगमा लगानी गर्न आग्रह गर्नुभएको हो ।  मन्त्री भुसालले विभिन्न उद्योगमा बिजुली आपूर्तिका समस्या रहेको तर प्राधिकरणले समस्या समाधानका लागि ...

उत्पादनमूलक उद्योगलाई एक महिनामै १०० मेगावाट बिजुली

उत्पादित बिजुली खेर जान थालेपछि उत्पादनमूलक उद्योग प्राथमिकतामा पर्न थालेका छन् । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले व्यवसायिक उत्पादन थालेपछि वर्षायाममा दैनिक ५०० मेगावाटसम्म बिजुली खेर गएपछि देशका उत्पादनमूलक उद्योग प्राथमिकतामा पर्न थालेका हुन् ।यसअघि, एकातिर उत्पादित बिजुली खेर जाने र अर्कातिर उद्योगले मागेजति बिजुली नपाउने स्थिति थियो । तर, पछिल्लो एक महिनामै नेपाल विद्युत प्राधिकरणले उत्पादनमूलक उद्योगलाई १०० मेगावाट बिजुलीको लोड स्वीकृत गरिसकेको छ । प्राधिकरणका प्रब

दाङको अक्सिजन उद्योग फेरि सञ्चालनमा ल्याइने

दाङ। विद्युत अभावमा बन्द भएको दाङको अक्सिजन उद्योग फेरि सञ्चालनमा ल्याइने भएको छ। उक्त उद्योगलाई चाहिने बिजुली चौबिसै घण्टा वितरण गर्न छुट्टै लाइन जोडिनेछ। कोरोना संक्रमणको दोस्रो लहरसँगै अक्सिजनको माग बढेपछि उद्योगलाई फेरि सञ्चालनमा ल्याइने भएको हो। ६ वर्ष पहिला स्थापना भएको उद्योग विद्युत नपाएपछि बन्द भएको थियो।