चालू आर्थिक वर्षको पाँच महिनामा नेपालले ८ खर्ब ३८ अर्ब रुपैयाँको आयत गरेको छ । चालू आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्ममा उक्त मूल्यको आयत गरेको भन्सार विभागले जानकारी दिएको हो । विभागका अनुसार यो गत वर्षको यहि समयको भन्दा ५४ प्रतिशत बढी हो ।गत वर्षको पाँच महिनाको अवधिमा ५ खर्ब २५ अर्ब रुपैयाँको आयत गरेको थियो । यस्तै यो अवधिमा नेपालले १ खर्ब २ अर्ब रुपैयाँको निर्यात गरेको छ । यो अवधिमा भएको निर्यात गत वर्षको यहि अवधिको तुलनामा १०५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पाँच महिनामा नेपाल