लघुवित्त बैंकर्स संघको नेतृत्वको लागि चुनाव सुरु, अध्यक्षमा लम्साल र शर्मा भिड्दै

लघुवित्त वित्तीय सँस्थाहरुको सीईओहरुको छाता संगठन 'नेपाल लघुवित्त बैंकर्स संघ' को नयाँ नेतृत्वको लागि निर्वाचन सुरु भएको छ । महासचिव बाहेकका सबै पदमा चुनाव हुन लागेको हो ।  अध्यक्षमा हालका अध्यक्ष बसन्तराज लम्साल र लक्ष्मी लघुवित्तका सीइओ प्रकाश राज शर्माले उम्मेदवारी दिएका छन् ।  त्यस्तै उपाध्यक्षमा मिन बहादुर बोहरा र रामहरीले दाहालले उम्मेदवारी दिएका छन् ।  महासचिवमा राम बहादुर यादव निर्विरोध निर्वाचित भएका छन् ।  त्यति कोषाध्यक्षमा हरि कृष्ण कोशी , प्रेम बहादुर पाठक र डा. मदन घिमिरेले उम्मेदवारी दिएका छन् ।  सचिवमा इन्द्र कुमार शाह, केशव कुमार पौडेल र देबेन्द्र बहादुर बस्नेतले उम्मेदवारी दिएका छन् ।  त्यस्तै सदस्यहरुमा पनि चुनाव हुने भएको छ ।  

सम्बन्धित सामग्री

प्रकाशराज शर्माको नेतृत्वमा लघुवित्त बैंकर्स संघको नयाँ कार्यसमिति चयन

नेपाल लघुवित्त बैकर्स संघको अध्यक्षमा प्रकाशराज शर्मा चयन भएका छन्। लक्ष्मी लघुवित्तमा आवद्ध शर्मालाई संघको पन्ध्रौं साधारण सभाले निर्विरोध निर्वाचित गरेको हो। उपाध्यक्षमा धौलागिरी लघुवित्तका मीनबहादुर बोहोरा, महासचिवमा नेशनल माइक्रो फाइनान्सका रामबहादुर यादव, कोषाध्यक्षमा उन्नति सहकार्य लघुवित्तका प्रेमबहादुर पाठक र सचिवमा सबैको लघुवित्तका केशव कुमार पौडेल चयन भएका छन्। त्यसैगरि सदस्यहरुमा जनउत्थान लघुवित्तका श्रीराम पोखरेल, माहुली लघुवित्तका गंगाधर पाण्डे, इन्फिनिटी लघुवित्तका प्रविणकुमार लामा, आशा लघुवित्तका बद्रीप्रसाद द...

लघुवित्त बैंकर्स संघको अध्यक्षमा प्रकाश राज शर्मा चयन

कात्तिक ७, काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघको १५ औं साधारण सभाले नयाँ कार्य समिति चयन गरेको छ । सभाले प्रकाश राज शर्माको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन  गरेको हो । नेपाल लघुवित्त बैंकर्स संघ लघुवित्त  कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको छाता संस्था हो   । नवनिर्वाचित अध्यक्ष लक्ष्मी लघुवित्त वित्तीय संस्थाका सीईओ हुन् ।  संघको उपाध्यक्षमा धौलागिरी लघुवित्त वित्तीय संस्थाका सीईओ मिनबहादुर बोहरा चयन भएका छन् भने महासचिवमा नेशनल माइक्रोफाइनान्सका सीईओ राम बहादुर यादव निर्वाचित भएका छन् । संस्थाको सचिवमा सबैको लघुवित्तका सीईओ केशव पौडेल र कोषाध्यक्षमा उन्नति सहकार्य लघुिवत्तका सीईओ प्रेम बहादुर पाठक चयन भएका छन् । त्यसैगरी संस्थाको कार्यसमिति सदस्यहरुमा श्रीराम पोखरेल, गंगाधर पाण्डे, प्रविण कुमार लामा, बद्री प्रसाद दुलाल, विनोद आचार्य र बिमला योगी सर्वसम्मत चयन भएका छन् ।

लघुवित्त बैंकर्स संघको अध्यक्षमा प्रकाशराज शर्मा निर्वाचित

लघुवित्त बैंकर्स संघको अध्यक्षमा प्रकाशराज शर्मा निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न संघको १५ औं वार्षिक साधारणसभाले शर्मालाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेको हो । अध्यक्ष शर्मा लक्ष्मी लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन् । यस्तै संघको उपाध्यक्षमा मीनबहादुर बोहरा,  महासचिवमा रामबहादुर यादव, कोषाध्यक्षमा प्रेमबहादुर पाठक र सचिवमा केशवकुमार पौडेल सर्वसम्मत चयन भएका छन् ।  अन्य सदस्यहरूमा श्रीराम पोखरेल, बिमला योगी, बिनोद आचार्य, बट्टीप्रसाद दुलाल, प्रवीनकुमार लामा र गंगा

लघुवित्त बैंकर्स संघमा सर्वसम्मत नयाँ नेतृत्व चयन, प्रकाशराज शर्मा अध्यक्ष

लघुवित्त वित्तीय सँस्थाहरुको सीईओहरुको छाता संगठन 'नेपाल लघुवित्त बैंकर्स संघ' को अध्यक्षमा प्रकाशराज शर्मा निर्विरोध चयन भएका छन् । संघमा नयाँ नेतृत्व चयनको लागि चुनाव हुने तयारी गरीए पनि अन्तिम समयमा अध्यक्ष सहित सबै पदमा निर्विरोध नयाँ समिति चयन भएको हो । जस अनुसार उपाध्यक्षमा मिन बहादुर बोहरा, महसचिवमा राम बहादुर यादव, कोषाध्यक्षमा प्रेम बहादुर पाठक र सचिवमा केशव कुमार पौडेल चयन भएका छन् । सदस्यहरुमा बिमला योगी, बिनोद आचार्य, बद्रि प्रसाद दुलाल, प्रविण कुमार लामा र गंगाधर पाण्डे चयन भएका छन् । बसन्त लम्साल नेतृत्वको हालको कार्य समितिको २ वर्षे कार्यकाल सकिएपछि संघको आज सम्पन्न साधारणसभाले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो ।

लघुवित्त बैंकर्स संघको नेतृत्त्वको लागि माहोल तात्यो, कसको सम्भावना कति ?

लघुवित्त वित्तीय सँस्थाहरुको सीईओहरुको छाता संगठन 'नेपाल लघुवित्त बैंकर्स संघ' को पन्ध्रौँ बार्षिक साधारणसभा भोलि अर्थात कात्तिक ५ गते हुने भएको छ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रको प्रमुख आथित्यमा हुन लागेको सभाले नयाँ कार्यसमिति चयन समेत गर्ने भएको छ। बिगतमा नयाँ कार्यसमिति चयन अर्थातनिर्वाचन हुने साधारणसभाको चर्चा हुने भएपनि यसपटक भने अवस्था सामान्य जस्तै रहेको देखिएको छ। माहोल सामान्य हुनुलाई अध्यक्ष लगायतका महत्त्वपूर्ण पदका लागि इच्छुकले खुलेर दाबी नगरेकाले बिगतकै कार्यसमिति दोहोरिने सम्भावना रहेको अर्थ्याईएको छ। अध्यक्षको जिम्मेवारी सम्हाले पश्चात कोभिड १९ को महामारीका कारण धेरै काम गर्ने माहोल नबनेकाले बहालवाला अध्यक्ष बसन्त लम्सालनै पुन: अध्यक्षमा दोहोरिने सम्भावना रहेको बताइन्छ। लम्साललाई पुन अध्यक्ष बनाउने बिषयमा मोटामोटी सहमती जुटिसकेकाले सम्भवत अध्यक्ष लगायतका अरु महत्तपूर्ण पदको लागि निर्वाचन हुने सम्भावना न्यून रहेको जनाइन्छ। लम्साल बिजय लघुवित्तका प्रमुख कार्यकारी हुन्।  तर केहि लघुवित्तका प्रमुख कार्यकारीहरुमा बहालवाला अध्यक्ष लगायतका पदाधिकारीहरुप्रति असन्तुष्टि बढेकाले नयाँ कार्यसमितिको समेत आवाज उठेको छ। यद्दपी असन्तुष्टिका यी आवाजहरु बाहिर आईसकेका भने छैनन्। यता अध्यक्षमा बसन्त लम्साललाई दोहोर्याउने बिषयमा सहमति नजुटेमा र निर्वाचन नगरी सहमतिमै अर्को नेतृत्त्व बनाउने अवस्था आएमा एनएमबिए को अध्यक्षमा लक्ष्मी लघुवित्तका सीईओ प्रकाश राज शर्माको पनि सम्भावना रहेको बताइन्छ। अघिल्लो निर्वाचनमा पनि चुनाव नै गर्ने अवस्था आएको र अस्वस्थ प्रतिस्पर्धा हुने सम्भावना बढेकाले शर्माले अध्यक्षको दाबेदारीबाट पछाडी हटेका थिए। उपाध्यक्ष, महासचिव जस्ता पदमा सहमति जुट्ने सम्भावना भएपनि सचिव तथा कार्यकारी सदस्य लगायतका पदमा भने निर्वाचन नै हुने देखिन्छ। वोमी लघुवित्त वित्तीय सँस्था र सुर्योदय लघुवित्त वित्तीय सँस्था मर्जरमा जाने र वोमीले सीईओ पद गुमाउनेगरि सम्झौता भएकाले सचिव पदमा ओमीका  सीईओं प्रमेश आचार्य दोहोरिने वा अर्को पदमा रहने सम्भावना टरेको छ। त्यसैले पनि उनको ठाउँमा अर्को व्यक्ति आउने पक्कापक्कि जस्तै भएको छ। त्यस्तै कार्यकारी सदस्य पदका आकांक्षीहरु पनि बढिरहेकाले सम्भवत कार्यकारी सदस्यको लागि निर्वाचन हुने पक्कापक्कि जस्तै भएको छ। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय सँस्था लगायत केहि लघुवित्तका सीईओहरु पनि 'नेपाल लघुवित्त बैंकर्स संघ' को कार्यसमितिमा आफ्नो स्थान चाहेकाले निर्वाचन हुने पक्कापक्कि जस्तै भएको हो। केहि लघुवित्तका सीईओहरुले भोलि निर्वाचनको समयसम्म सदस्य लगायतका पदमा आफ्नो स्थानको सुनिस्चितता नभए अध्यक्षकै लागि पनि उम्मेदवारी दिने सम्भावना रहेको छ।