आज शहीद दिवस : यसवर्ष शहीद सप्ताह औपचारिकतामा सीमित

आज माघ १६ गते, शहीद दिवस । प्रजातन्त्रको स्थापना र पुनःस्थापना लगायत विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विभिन्न कार्यक्रम गरिँदैछ । दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतले शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले शहीदको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभएको छ । यस्तै प्रधानमन्...

सम्बन्धित सामग्री

आज शहीद दिवस मनाइँदै

१६ माघ, काठमाडौं । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरुको सम्झनामा आज शहीद दिवस मनाइँदैछ । वि.सं २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो । महानगरपालिकाले माघ १० देखि १६ गतेसम्म साताव्यापी कार्यक्रम गरी शहीद सप्ताह मनाउने गर्दछ […]

आज शहीद दिवस : लैनचाैरमा हुने कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुँदै

काठमाण्डाै - आज माघ १६ गते, शहीद दिवस । प्रजातन्त्रको स्थापना र पुनःस्थापनालगायत विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विभिन्न कार्यक्रम गरिँदै छ । शहीद दिवसको अवसरमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाइन्छ । एकतन्त्रीय र निरङ्कुश राणा शासनको विरोध र स्वतन्त्रताको माग गर्दा तत्कालीन राण...

देश र जनताको लागि जीवन त्याग गर्ने शहीदकाे सम्मानमा आज शहीद दिवस मनाइँदै

काठमाडाैँ , देश र जनताको अधिकारका लागि जीवन आहुति दिने तिनै शहीदहरुको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने गरिन्छ । महान शहीदहरू धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री र लखन थापामगर राणा शासनविरूद्ध लडेका शहीदहरूको सम्झनामा शहीद... The post देश र जनताको लागि जीवन त्याग गर्ने शहीदकाे सम्मानमा आज शहीद दिवस मनाइँदै appeared first on Purbeli News.

शहादतको सम्मान (सम्पादकीय)

आज शहीद दिवस तथा सप्ताह । जहानियाँ शासनविरुद्ध जीवन र मरणबीचको छनोटमा शहादत स्वीकार गरिएको दिन वा हप्ता । आज देश परिवर्तनका जुन शृङ्खलामा उभिएको छ, त्यसको प्रथम सिंढी आजकै दिन र सप्ताहमा निर्माण भएको थियो । वि.सं. १९९७ साल माघ १० गते मध्यरात काठमाडौँको पचलीमा खरीको रुखमा शुक्रराज शास्त्रीले शहादतको एउटा स्वर्ण इतिहास रच्नुभयो भने धर्मभक्त माथेमाले सिफलमा शहादत वरण गर्नुभयो । यसैगरी माघ १४ गते दशरथचन्द ठाकुरीले राणा शासकले राखेको माफीको प्रस्ताव अस्वीकार गर्दै शोभा भगवतीमा आफूमाथिको गोली प्रहार स्वीकार गर्नुभयो । सोही दिन गङ्गालाल श्रेष्ठलाई शोभाभगतीमा गोली हानी हत्या गरिएको थियो । निरङ्कुश जहानियाँ राणा शासनविरूद्ध बलिदान गरेका अमर शहीदको स्मरणमा माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’ मनाइँदै आएको छ । यो दिन तथा सप्ताहले पञ्चायती शासकले हत्या गरेका अनेकौँ शहीदको पनि सम्मान गरेको छ । यो सप्ताह शहादतको सम्मान गर्ने संस्कृतिको प्रतीक हो । चार मात्र होइन हजारौँ शहीदलाई शंस्मरण र सम्मान गर्ने सप्ताह विशेष दिनहरूको योग हो । देश विकासको अठोट गर्ने क्षण पनि हो । एउटै मात्र अभियान र आन्दोलनले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको होइन । आन्दोलनको लामो शृङ्खलामा लाखौँ नेपालीमाथि पाशविक यातना दिइएको, सम्पत्ति हरण गरिएका र परिवारका निहत्था सदस्यलाई प्रताडित गरिएको इतिहास साक्षी छ । शहीद दिवस यी सबै अत्याचार विरुद्धको राष्ट्रिय अभिव्यक्ति पनि हो ।

आज शहीद दिवस, शहीदको सम्झना गरिँदै

१६ माघ, काठमाडौं । आज माघ १६ गते अर्थात् शहीद दिवस । देश र जनताको अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति सम्मान गर्दै देशभर शहीद दिवस मनाइँदै छ । यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने परपम्परा छ । विसं २०१२ देखि नै काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा …