बझाङ : लगातारको वर्षाका कारण सेती नदीमा पानीको वहाव बढेपछि बझाङ बाढीको उच्च जोखिममा परेको छ।मनसुन बाहिरिएको भएपनि मौसममा आएको परिवर्तनसँगै भएको अविरल वर्षाका कारण सेती, कालंगा नदी, र बाहुली खोलालगायतका साना ठूला खोलामा पानीको बहाव बढेको छ।नदीमा पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालय बझाङले बाढीको खतराको संकेत नजिक पुगेकाले सावधानी अपनाउन आग्रह गरेको छ। सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले नदीको बहाव बढेकाले काठ उतार्न, माछा मार्न र पानीसँग खेल्न, नदी खोला नजिक नजान आग्रह गरेको छ।सेती न