१ माघ, काठमाडौं । नेपालबाट पाम तेलको आयात खुला गर्न सरकारले भारतीय पक्षलाई अनौपचारिक रुपमा आग्रह गरेको छ । तर, भारतले अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको भनाइ छ ।
पाम तेलको निर्यात …
विराटनगर । विराटनगर–जोगबनी नाका जोड्ने भारतको बथनाहास्थित मीरगंज पुलको विकल्पबाट मालवाहक सवारी आवागमन बन्द भएकोले वैकल्पिक मार्ग खुला गर्न उद्योगी व्यवसायीले माग गरेका छन् ।
हालै क्षतिग्रस्त हुन गई नेपालतर्फ मालवाहक सवारी साधनहरुको आवागमन ठप्प हुन गएकाले यसको विकल्पको रुपमा नयाँ मार्गबाट सामान आयात गर्ने वातावरण बनाउन नेपाल र भारत सरकारको...
फुर्बा तामाङ,भीमेश्वर ।
दोलखा जिल्लाको उत्तरी सीमा र चीनको नाका जोड्ने राजमार्ग (१२ किमी) निर्माण शुरु हुने भएको छ । लामाबगरबाट नौ किलोमिटर टाढा पर्ने लप्चीसम्म चाहिँ सुरुङमार्ग निर्माण हुने छ । सञ्चार सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङले सोका लागि यसै वर्षमा ठेक्का लाग्ने बताउनुभएको छ ।
सडक विभागले उत्तर–दक्षिण कोरिडोरअन्तर्गत दोलखाको लामाबागरदेखि बन्ने सुरुङमार्गको डिजाइन तयार गरेकोे छ । सुरुङमार्ग निर्माण गर्नका लागि बहुवर्षीय ठेक्का गर्न अर्थ मन्त्रालयसँग बजेटको सहमति पनि माग गरिएको छ । विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक विजय जैसीका अनुसार यसरी सडक यातायात चलेमा चीनसँग जोडिने छोटो मार्ग बन्ने छ । जैसीका अनुसार आगामी दिनमा नाका खुलाउने योजनानुसार चीनसँग जोड्ने निकै छोटो दूरीमा पर्ने सो नाका खुलाउन लागिएको छ ।
दोलखाबाट भारत र चीनसँग जोड्ने सो नै उत्तम नाका हुने सूचना तथा सञ्चारमन्त्री गुरुङले बताउँदै आउनुभएको थियो । माथिल्लो तामाकोशीको मुखबाट शुरु हुने उक्त मार्ग निर्माणपछि चीनबाट आयात हुने सामान ढुवानी गर्न र दोलखामा उत्पादित तरकारी तथा अन्य बालीको निकासी गर्न सहज हुने स्थानीयवासीले बताए ।
सो मार्ग निर्माण गर्नका लागि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हेडवक्र्समाथिको भागमा करीब एक किलोमिटर सुरुङ निर्माण गर्नुपर्नेछ ।सो सुरुङसँगै थप नौ किमी सडक निर्माण भएछि मात्रै चीनसँग नाका जोडिने छ । सो मार्गलाई चीन र भारतसँग जोड्ने नेपालकै छोटो दूरीको सडकका रुपमा लिन सकिने मन्त्री गुरुङले बताउनुभएको छ ।
चीनको तिब्बतदेखि भारतको भित्तामोठसम्मको सो सडक निकै छोटो दूरीको हुने भएकाले दुवै देशका सामान लैजान र ल्याउनसमेत सहज हुनेछ । भारतको सिमानादेखि लामाबगरसम्म पक्की सडक निर्माण यसअघि नै भएकाले लामाबगरदेखि लप्ची र चीनको नाकासम्म सडक जोड्न बाँकी रहेको स्थानीयवासीले बताएका छन् ।
लप्चीदेखि तिब्बतको फलाकसम्मको १२ किमी सडक निर्माणपछि चीनको सिमानासम्म गाडीमा पुग्न सकिन्छ । यसअघि नै सडक डिभिजन कार्यालय दोलखाले ठेक्का लगाएर तीन किमी ट्र्याक खोलिसकेको छ । राजमार्ग निर्माणपछि भित्तामोठदेखि फलाकसम्म मोटरमा पुग्न सकिने छ । यसबाट भारत र चीनसँग जोडिने उत्तर –दक्षिण ...