नवलपरासीकी नविना ज्ञवाली जन्मिँदैदेखिकी दृष्टिविहीन हुन् । उनी दृष्टिविहीन रहेको कुरा बुवाआमाले ४ महिनाको भएपछि थाहा पाएका थिए ।
विडम्बना! उनीभन्दा अगाडिका दाजु पनि आँखा नदेख्ने र बोल्न नसक्ने भएर जन्मिएका थिए ।
नविनाले ४ वर्षको हुँदासम्म आफू दृष्टिविहीन भएको पत्तो नै पाइनन् ।
'शुरूमा त भाइसँग खेल्थें, आँगनमा यताउता दौडिन्थ्यौं, त्यतिबेलासम्म दृष्टिविहीन हुनुको पीडा अनुभव नै भएन । तर जब स्कूल पढ्ने समय आयो तब भाइले नजिकैको बोर्डिङमा पढ्न पायो, म भने काठमाडौं आउनुपर्ने भयो,' आफ्नो बाल्यकाल सम्झिँदै नबिनाले...