आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट अधिवेशन तयारीका क्रममा विवाद भएपछि तेमाल गाउँपालिकाको गाउँसभा पटक–पटक स्थगन हुँदै आएको छ । यही असार १० गते तोकिएको गाउँसभा गणपूरक सङ्ख्या नपुगेपछि स्थगन भएपछि पुनः आइतबार तोकिएको पनि सोही अनुसार स्थगन भएको हो । गाउँ कार्यपालिकाको यही असार ४ गतेको बैठकले १० गते गाउँसभा आयोजना गरी नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने तथा अघिल्लो दिन तयारी बैठक राख्ने निर्णय गरेको थियो । गाउँ सभाको अघिल्लो दिनको बैठकमा नै गाउँपालिका अध्यक्ष सलामसिं तामाङले नीति