श्रीलंकामा हुने तेश्रो अन्तरराष्ट्रिय खुल्ला कराँते प्रतियोगितामा भाग लिन जाने नेपाली खेलाडीहरुलाई बुटवलबाट बिदाई गरिएको छ । बुटवल उपमहानगरपालिकाले प्रशिक्षकसहित ६ जना खेलाडीलाई मंगलबार बिदाई गरेको हो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय...
काठमाडाैं : भुटानमा आयोजना हुने पाँचौँ दक्षिण एसियन किकबक्सिङ च्याम्पियनसिपमा सहभागी हुन नेपाल सो–क्योकुशिन कराँतेको टोली आज त्यसतर्फ प्रस्थान गरेको छ।टोलीलाई आज राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले सफलताको शुभकामना दिँदै बिदाइ गरेका हुन्।भुटान जाने टोलीमा तीन अफिसियल र छ खेलाडी गरी नौ जना छन्। सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठ नेतृत्वको टोलीमा जगतबहादुर धामी, कसिसकुमारी क्षेत्री, शिवानी श्रेष्ठ, कविन देशार, भुवन हायु, जयराम ब्लोन, मुकेश लुइँटेल खत्री र दलबहादुर घले छन्
शुक्रबारदेखि थाइल्यान्डमा हुने ओपन कराँते डोजो च्याम्पिएनसिप २०२२ मा भाग लिन बागलुङका दुई खेलाडी प्रस्थान गरेका छन् । बागलुङको बडिगाड डोजोका खेलाडीहरू नवीन थापा र बिज्जल पाइजाले खेलमा सहभागिता जनाउने भएका हुन् । बुधबार उनीहरूलाई एक कार्यक्रमका बिच बिदाइ समेत गरिएको छ ।
दुई फरक राष्ट्रमा हुने अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी हुने २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाली कराँते टोलीलाई सोमबार बिदाइ गरिएको छ ।टोलीले पहिले फ्रान्सको पेरिसमा हुने पेरिस ओपन कराँते प्रतियोगितामा सहभागिता जनाउने छ । सिनियर एकल कातामा सुमन तिमल्सिना र ७५ केजीमुनि सरोज कार्कीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । टिम व्यवस्थापकमा सागा टुर्स एन्ड ट्राभल्स प्रालि का निर्देशक स्वच्छम गुरुङ तथा अफिसियलमा सम्झना कुँवर छन् । सुमन सागाका ब्रान्ड एम्बासडर पनि हुन् । जनवरी २१ देखि २३
बंगलादेशमा आयोजना हुने बि–जी कराते च्याम्पियनसिप २०२१ मा सहभागी हुन जाने कराते टोलीलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइरालाले बुधबार बिदाइ गरेका छन् । बिदाइ कार्यक्रममा राखेपका सदस्य पुरेन्द्रविक्रम लाखेको पनि उपस्थिती रहेको थियो । बंगलादेश गोजुरियो कराते महासंघको सहयोग तथा बंगलादेश बशप संघको आयोजनामा हुने च्याम्पियनसिपका लागि १५ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गर्नेछ । बंगलादेश जाने टोलीमा रामकुमार श्रेष्ठ टिम व्यवस्थापकमा छन् । यस्तै प्रशिक्षकमा श्याम रोका, खेलाडीहरूमा
भारतमा हुने कराँते प्रतियोगिता खेल्ने कैलालीका २० जना खेलाडीको बिदाइ गरिएको छ । भारतको गुजरात राज्यको अमृतसरमा १३ र १४ नोभेम्बरमा आयोजना हुने किजी ओपन ईन्डो नेपाल कराँते च्याम्पीयनसीप खेल्ने कैलालीका २० जना खेलाडीको एक कार्यक्रम गरी विदाई गरिएको हो ।