मध्यविन्दु नगरपालिका –३, रतपुरमा नारायणी नदीको कटान तीव्र बनेसँगै यस क्षेत्रका करिब एक दर्जन गाउँ डुबानको जोखिममा परेका छन् । केही दिनयता रतपुरमा निर्माण गरिएका नदी किनारका ठोकर भत्काउने र जमिन कटानका कारण जोखिम बढेको स्थानीय योगमान चौधरीले बताउनुभयो । “एघार कट्ठा जमिन थियो, आधा नारायणीले बगायो”, चौधरीले भन्नुभयो, “बाँकी पनि क्रमशः काटिरहेको छ ।”