एजेन्सी। भारतको महाराष्ट्र राज्यस्थित रायगढमा २२ जुलाईमा भएको पहिरोका कारण ८५ जनाभन्दा धेरै मानिस बेपत्ता भएका छन्। तीमध्ये ५३ जनाको शव निकालिएको छ भने ३२ जना अझै बेपत्ता रहेका छन्। पहिरोका कारण ४५ वटा घर पुरिएको महाराष्ट्र सरकारले जनाएको छ। हाल राज्यको आपतकालिन सेनाले उद्धारको कार्य गरिरहेको महाराष्ट्र सरकारले बताएको छ।