कर्णाली प्रदेशमा जलस्रोत तथा उर्जामन्त्री दीनबन्धु श्रेष्ठले असारे विकासको अन्त्य हुन आवश्यक रहेको बताएका छन् । आर्थिक वर्षको अन्त्यमा गरिने विकास निर्माणका काम प्रभावकारी नहुने भएकाले तोकिएकै समयमा कार्यान्वयन गर्ने परम्पराको विकास गर्न आवश्यक रहेको उनले बताएका हुन् । उनले असारको अन्त्यतिर निर्माण कार्य सम्पन्न गरेर प्रगति विवरण बुझाउने अहिलेको परम्पराको अन्त्य गर्नुपर्ने बताए । शुक्रबार मन्त्रालयका सचिव, योजना महाशाखा प्रमुख र १० वटै जिल्लाका कार्यालय प्रमुखसँगको बैठकमा मन्त्री श्रेष्ठले