ब्रह्मा, विष्णु र महेश्वर भगवान्को पूजाआराधना गरी टोलटोलमा रथ (खट) घुमाएर बिहीबार हाँडीगाउँको जात्रा मनाइएको छ ।
विशेष प्रकारको फूल र रथ परिक्रमा गरिने छुट्टै मौलिकता र विशेष पहिचान बोकेको हाँडीगाउँको जात्रा प्रत्येक वर्ष बडादशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौँको हाँडीगाउँमा मनाइँदै आएको छ ।
विश्वकर्माले बनाएका यी त्रिदेवको एकैपटक दर्शन र पूजाका साथै जात्राको दर्शन गर्नाले घरमा महालक्ष्मीको बास र मनोकामना पूरा हुने जनविश्वास रहेको स्थानीय कृष्णगोपाल श्रेष्ठ बताउँछन् । उनले कोजाग्रत पूर्णिमाको दिन मूर्तिहरू...