अरुण भ्याली हाईड्रोपावरले कात्तिक १४ गते बोलायो साधारण सभा, ३.१६ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । अरुण भ्याली हाईड्रो...

सम्बन्धित सामग्री

अरुण भ्याली हाइड्रोपावरले यस वर्ष लाभांश नदिने

काठमाडौं । अरुण भ्याली हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले यस वर्ष लाभांश नदिने भएको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको कम्पनीले यस वर्ष लाभांश प्रस्ताव विनानै वार्षिक साधारण सभा बोलाएको छ । पुस ५ गते बसेको कम्पनीको सञ्चाल समितिको बैठकले पुस २९ गते इन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वर, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । साथै कम्पनीको चुक्तापूँजी बृद्धि गर्नका लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । त्यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते एकदिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १९ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् । सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस

नेपाल दूरसञ्चार कम्पनीसहित ५ ओटा कम्पनीको सर्वाधिक शेयर खरीदविक्री

फागुन १०, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार कारोबारमा आएका २२८ ओटा धितोपत्रमध्ये ५ आोटा धितोपत्रको सर्वाधिक शेयर खरीदविक्री भएको छ । नेपाल दूरसञ्चार कम्पनी, अरुण भ्याली हाइड्रोपावर, जीवन विकास लघुवित्त वित्तीय संस्था, हिमालयन डिष्टिलरी र आइसीएफसी फाइनान्सको सर्वाधिक शेयर खरीदविक्री भएको हो । यी ५ ओटा कम्पनीमध्ये नेपाल दूरसञ्चार कम्पनीको रू. २१ करोड ४९ लाख बराबरको शेयर खरीदविक्री भएको छ । यस कम्पनीले हालसम्ममा गत वर्षको लाभांश घोषणा गरेको छैन । सोही लाभांश घोषणाको अपेक्षाले पनि सर्वाधिक शेयर खरीदविक्री भएको देखिन्छ । त्यसैगरी दोस्रोमा अरुण भ्याली हाइड्रोपावर कम्पनीको रू. १२ करोड ७८ लाख, जीवन विकास लघुवित्त वित्तीय संस्थाको रू. ११ करोड २२ लाख, हिमालयन डिष्टिलरीको रू. १० करोड ४१ लाख र आइसीएफसी फाइनान्सको रू. १० करोड २९ लाख बराबरको शेयर खरीदविक्री भएको छ । अरुण भ्याली हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको र जीवन विकास लघुवित्तले आकर्षण लाभांश प्रस्ताव गरेकाले सर्वाधिक शेयर खरीदविक्री भएको हो ।

नेप्सेमा अरुण भ्यालीको बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज मंगलबार १५ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा अरुण भ्याली हाइड्रोको १० प्रतिशतले हुन आउने १५ लाख ७२ हजार ३ सय ५९ कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् । कम्पनीले आर्थिक्व वर्ष ७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । सोहि बोनस शेयर आज सुचिकृत भएको हो ।

१३ ओटा हाइड्रोपावर कम्पनीले प्रस्ताव गरे लाभांश, सबैभन्दा बढी ङादी ग्रुप पावरको

पुस ११, काठमाडौं । नेप्सेमा सूचीकृत ४६ ओटा हाइड्रोपावर कम्पनीमध्ये १३ ओटा कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।  १३ ओटै कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । लाभांश प्रस्ताव गरेका १३ ओटा कम्पनी मध्ये ९ ओटा कम्पनीले लाभांश पारित समेत गरिसकेका छन् । अपि पावर कम्पनी, अरुण काबेली पावर, ङादी ग्रुप पावर, रुरु जलविद्युत् परियोजना, अरुण भ्याली हाइड्रोपावर, रिडी हाइड्रोपावर, सानिमा माई हाइड्रोपावर, सिनर्जी पावर कम्पनी र रैराङ हाइड्रोपावर कम्पनीले साधारण सभाबाट लाभांश पारित गरेका छन् ।  जसमध्ये ङादी ग्रुप पावर, अपि पावर कम्पनी, सिनर्जी पावर कम्पनी र अरुण काबेली पावर कम्पनीले बोनस शेयर सूचीकृत गराइसकेका छन् भने बाँकी कम्पनीको सूचीकरण प्रक्रियामा रहेको छ ।  त्यसैगरी लाभांश प्रस्ताव गरेका बाँकी ६ ओटा कम्पनी मध्ये चिलिमे हाइड्रोपावर कम्पनीले पुस २३ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय कपनमार्गमा बिहान ११ बजे शुरु हुने जानकारी गराएको छ । सभाले ७ दशमलव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि पुस १५ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । त्यसैगरी बुटवल पावर कम्पनीले पुस २६ गते साधारण सभा गर्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय बानेश्वरमा गर्ने जानकारी दिएको छ । सभाले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ११ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यस आधारमा पुस ९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी नेपाल हाइड्रो डेभलोपरले लाभांश पारीतका लागि पुस २८ गते साधारण सभा आयोजना गरेको छ । सभा डिल्ली बजार स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो ३ बजे शुरु गर्ने जानकारी गराएको छ । सभाले ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३६८४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १३ गतेबाट २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  कालिका पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा पुस ३० गते गर्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय भरतपुर १० चितवनमा बिहान ११ बजे शुरु हुने जानकारी गराएको छ ।  सभाले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल १५ दशमलव ७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस १९ गतेदेखि २१ गतेसम्म बन्द गर्ने जानकारी गराएको छ । यस आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन  र लाभांश पाउनेछन् ।                                                             स्रोत : कम्पनीद्वारा प्रकाशित नोटिस

अरुण भ्यालीको साधारण सभा असोज २४ गते, बोनस शेयर र हकप्रद शेयर प्रस्ताव

भदौ ३१, काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीले आव २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।  साथै कम्पनीले १० प्रतिशत बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि गरेको छ । यी प्रस्ताव पारितका लागि कम्पनीले आगामी असोज २४ गते साधारण सभा बोलाएको छ ।  कम्पनीले सभा बिहान ११ बजे भर्चुअल माध्यमबा गर्ने जानकारी गराएको छ । सधारण सभा र लाभांश वितरण प्रयोजनको लागि असोज ११ गते शेयरधनीदर्ता पुस्तिका बन्द गर्ने पनि कम्पनीले बताएको छ । यस आधारमा असोज १० गतेसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् । लाभांश प्रस्ताव र साधारण सभा गर्ने निर्णय कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो ।