बर्षा लागेपछि धेरै खालका स्वास्थ्य समस्या देखा पर्न थाल्छन् । त्यसमध्यको एउटा समस्या हातखुट्टा हिलोले खानु पनि हो । सामान्य भाषामा ‘हिलोेले खानु’ भनेको औँलाका कापहरूमा एक किसिमको सेतो जम्नु हो । यो विशेषगरी खुट्टामा हुन्छ । विशेषगरी वर्षायाममा खाली खुट्टा हिँड्नाले यस्ता समस्या देखापर्छन् ।