धारापानीबाट देखिएको मनोरम हिमाली दृश्य

म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीबाट देखिएको गुर्जा र चुरेन हिमालको मनोरम दृष्य । धौलागिरी पदमार्गको प्रस्थान गाउँको रुपमा रहेको धारापानी पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको छ । तस्वीर- कमल खत्री, रासस

सम्बन्धित सामग्री

‘जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा’

सोलुखुम्बु । गत साउन ३२ गते शुक्रबार बिहानदेखि खुम्बु क्षेत्रमा पानी परिरहेको थियो । हिमाली भेग तुवाँलाले ढाक्नाका साथै बर्सात भइरहेको बेला हुस्सु पनि लागेको हुन्छ । तीन हजार आठ सय मिटर उचाइमा पर्ने थामेमा करिब ६५ परिवारको बसोबास गर्दै आएका छन् । थामे क्षेत्र सुन्दर र मनोरम उपत्यकाका र पर्यटकीय स्थलका रुपमा परिचित छ […]

धौलागिरि आइसफल पदमार्गका ताल तलैया ओझेलमा

म्याग्दी । म्याग्दी र मुस्ताङलाई वैकल्पिक पदमार्गले जोड्ने धौलागिरि आइसफल पदमार्गका मनोरम तालतलैया ओझेलमा परेका छन् । विसं २०६८ मा पहिलो पटक सम्भाव्यता अध्ययन गरिएको यस पदमार्गको प्रवर्द्धन र पूर्वाधार निर्माण अभियानले पूर्णता नपाउँदा पदमार्गका मनमोहक तालहरु ओझेलमा परेका हुन् । पदमार्गका प्रमुख आकर्षणको रुपमा रहेको उच्च हिमाली क्षेत्रका ताल तलैया सुविधायुक्त पदमार्गलगायतका पर्यटन पूर्वाधारको […]

पर्यटक पर्खिरहेकाे कञ्चनजंघा

विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घासँगै अन्य हिमश्रृंखला र हिमाली जनजीवनसँगै यहाँको प्राकृतिक सौन्दर्य मनोरम छ ।

तस्वीर   : चामेतर्फ जाँदै गरेका पर्यटक र पृष्ठभूमिमा डाँफेलेक

अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङको चामे–१, तिमाङबाट सदरमुकाम चामेतर्फ जाँदै गरेका विदेशी पर्यटक र पृष्ठभूमिमा डाँफेलेक ।  प्राङ्गारिक खाद्य पदार्थ, प्राकृतिक रहनसहन, रमणीय वातावरणको अवलोकनका लागि मनाङ देशकै प्रसिद्ध गन्तव्यको स्थल मानिन्छ । बाह्य पर्यटक नेपाल भ्रमण तालिकासहित आउँदा मनाङलाई भ्रमणको मुख्य सूची बनाएर आउने गर्दछन् । सबैभन्दा उचाइमा रहेको तिलिचो ताल र थोराङ्ला पास हुँदै हिमाली क्षेत्रको अवलोकन र मनोरम दृष्यको अनुभव संगाल्ने लक्ष्यका साथ उनीहरु यहाँ आउने गर्दछन् ।  तस्वीर : रासस

नेपालका लागि उत्तम ३ एसयूभी मोडलः मूल्य कति, के छ विशेषता?

हिमाली भेगका मनोरम र सुन्दर डाँडाका कच्ची सडकमा गाडी चलाउँदा रोमाञ्चक मात्र नभइ समकालीन सभ्यताभन्दा परको सुखद अनुभव पनि गर्न पाइन्छ। अफरोड यात्रा नियमित रुपमा कार्यालय र घर आउजाउ गरे जस्तो हुँदैन। पछिल्लो समय धेरै अटो निर्माता कम्पनीहरूले अफरोड लक्षित सवारी साधन निर्माण गरिरहेका छन्।

पाटनले सिँगारिएको बारेकोट

जाजरकोटको उत्तर–पूर्वमा अवस्थित बारेकोट क्षेत्र वन, वन्यजन्तु, जलाधार, सांस्कृतिक सम्पदा, मौलिक जीवनशैलीको सम्मिश्रणले सिँगारिएको छ । डोल्पा र जुम्ला जिल्लासँग सिमाना जोडिएको यस बारेकोट क्षेत्रका प्राकृतिक स्रोत–साधन र जैविक विविधताको दिगो संरक्षण, सदुपयोग र प्रवद्र्धनका लागि संरक्षित क्षेत्र बनाउने कुरा पटकपटक चर्चामा आउने गरे पनि हालसम्म यसले मूर्तरूप लिन सकेको छैन । विश्वका १२० भन्दा बढी मुलुकमा चरा र तिनको बासस्थान सम्बन्धमा अध्ययन तथा संरक्षण गर्ने संस्था ‘बर्डलाइफ इन्टरनेसनल’ले बारेकोट क्षेत्रलाई ‘चरा तथा जैविक विविधताका लागि महìवपूर्ण क्षेत्र’का रूपमा पहिचान गरेको छ । दुर्लभ तथा लोपोन्मुख चराको बासस्थान भएको यस्तो महìवपूर्ण क्षेत्र नेपालमा ३७ वटा छन् । नलगाड जलविद्युत परियोजनाको उद्गम स्थल, पाँच हजार ४१२ मिटर उचाइको रमणीय कराइचुली हिमाल, पवित्र तीर्थस्थल साइकुवारी र ठाकुरजी, दर्जनाँै दह र झरना, मनोरम लेकाली पाटन, घाँसे मैदान, मगर समुदायको परम्परागत सिर्पाचौरको बस्ती, दुर्लभ वन्यजन्तु हाब्रे (रेड पाण्डा), कस्तुरी, हिउँचितुवा, ओत, वन कुकुर (ढोल), हिमाली भालु, सुन गिद्ध, सेतो गिद्ध, चिर कालिजजस्ता राष्ट्रिय÷अन्तर्राष्ट्रिय महìव तथा पर्यापर्यटनका खजना भए पनि यिनको उचित प्रवद्र्धनको अभावमा ओझेलमा परिरहेका छन् ।

हिमालपारिको गाउँ

हिमालपारिको गाउँ भनेर चिनिएको र चारैतिर हिमालले घेरिएको सानो हिमाली उपत्यका हो– लिमी । यहाँ पुग्न सहज भने छैन । लिमी प्रवेशका लागि दुइटा नाका छन् । पश्चिमतर्फ नाम्खा गाउँपालिकाको वडा नम्बर ५ स्थित चार हजार छ सय मिटर अग्लो नारा लेक हुँदै हिल्साबाट र अर्को पूर्वतर्फको पाँच हजार मिटर अग्लो न्यालु लेकबाट । यी दुवै लेकबाट लिमी जान तयारी राम्रै गर्नुपर्छ । हिल्सादेखि सिमकोटसम्म र हेक्पा खोला हुँदै लेकढिँगाबाट लिमी लाप्चासम्मको अधिकांश भागमा सडक बनिसकेका कारण जताबाट गए पनि गाडीमा यात्रा गर्न सकिन्छ । कच्ची सडक भएका कारण यात्रा भने महँगो पर्छ । बाटोमा अनेकन प्राकृतिक मनोरम दृश्यहरूको अवलोकन गर्न भने राम्रै पाइन्छ ।

आहा क्या सुन्दर छ खोप्रा लेक (फोटो फिचर सहित)

म्याग्दकीको खोप्रा लेकमा अहिले हिमाल खुलेको छ । कोरोनाका कारण विदेशी पर्यटक नपुगे पनि आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पूर्वाधारको खासै विकास नभए पनि उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, शिखस्थित खोप्रालेक पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाइमा पर्न थालेको हो । मनोरम हिमश्रृङ्खलाहरुको दृश्यावलोकन, हिमाली भेषभूषा र मगर समुदायको रहनसहन एवम् ग्रामीण जीवनशैलीको प्रत्यक्ष रुपमा अवलोकन एवं अध्ययन गर्न पाइने हुँदा पनि आन्तरीक तथा बाह्य पर्यटकहरु खोप्रालेक पुग्ने गर्छन् ।

पर्यटक लोभ्याउँदै डहरे देउराली

वासुदेव पौडेल- पोखरा : समुद्री सतहबाट दुई हजार २५४ मिटरको उचाइमा रहेको डहरे देउरालीबाट हिमाली तथा पहाडी दृश्यका साथै स्याङजा, पर्वत र कास्कीका विभिन्न स्थान सजिलै देख्न सकिन्छ। स्याङजा र पर्वतको सिमानामा पर्ने यस ठाउँमा पुग्न गुराँसै गुराँसले ढकमक्क ढाकिएको जङ्गल पार गर्दै उकालो लाग्दा यहाँका मनोरम दृश्यका कारण जो ...

पर्वतको दुर्लुङमा छाँगावरोहण खेल सञ्चालन हुँदै

साहसिक पर्यटनमा रुचि राख्ने स्वदेशी एवं विदेशीका लागि अग्ला झरनाबाट झर्ने क्यानोनिङ (छाँगावरोहण) खेल पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङस्थित महभिर झरनामा सञ्चालन हुने भएको छ । जिल्लाकै मनोरम खोला र बाह्रैमास एकैकिसिमले बगिरहने उक्त खोलामा क्यानोनिङ सञ्चालन गर्ने तयारी गरिएको हो । हिमाल आरोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, बञ्जीजम्प जस्तै साहसिक पर्यटकीय गतिविधिका रुपमा हिमाली र पहाडी…