बाढी पहिरो पीडितहरूको लागि सरकारले विशेष राहत प्याकेज ल्याउँछ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो पीडितका लागि सरकारले विशेष राहत प्याकेज ल्याउने बताएका छन् । पाँचथरको राँके बजारमा आइतबार दिउँसो पत्रकारहरूसँग कुरा गर्दै देउवाले सरकारले यस अघि नै राहत घोषणा गरेकोमा थप प्याकेज ल्याउने बताएका हुन् ।