लन्डन । बेलायती टेनिस खेलाडी एम्मा र्याडुकानु एकजना नेपालीका कारण तनावग्रस्त बनेकी छन् । साउथ इष्ट लन्डनस्थित उनकै घरसम्म पुगेर पिछा गरेको आरोपमा ३५ वर्षीय अमृत मगरलाई ब्रोम्ली मेजिस्ट्रेट कोर्टले शुक्रबार दोषी ठहर गरेको हो । लन्डनस्थित एजवेयर बस्दै आएका विवाहित मगरले एम्माको पिछा गरेको र घरमा पुगेर उनको बाबुको जुत्ता सौगातको रूपमा चोरेको आरोपमा अदालतले दोषी ठहर गरेको हो । ढोकामा राखिएको सिसिटिभी फुटेजबाट उनलाई समातिएको हो ।डेली मेलले जनाएअनुसार गत डिसेम्बर महिनामा कम्तीमा त