२० लाख जरिवाना तोकिएका फरार अभियुक्त जेल चलान

बैंकिङ्ग कसुर मुद्दामा फरार रहेका अभियुक्तलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भएका ३४ वर्षीय सुदिप थापालाई पक्राउ गरिएको सिआईबीका एसपी कलम थापाले रातोपाटीलाई बताए ।सुदिप थापाले दिएको चेक बाउन्स भएको मुद्दामा उच्च अदालत पाटनले २०७८ मंसिर १२ मा २० लाख रुपैयाँ जरिवाना र ४ दिन कैद सजाय हुने फैसला गरेको थियो । जिल्ला अदालत काठमाडौंको आदेशले उनलाई केन्द्रीय कारागारमा थुनामा पठाइएको एसपी थापाले बताए । २०७६ फागुनमा आरोपीले दिएको प्राइम

सम्बन्धित सामग्री

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

माघ १९, विराटनगर । बैंक ठगी कसुरमा १५ लाख जरिवानासहित १० महीना सात दिन कैद सजाय पाएका एकजना फरार अभियुक्त पक्राउ परेका छन् ।  मोरङको विराटनगर महानगरपालिका–६ बस्ने ४० वर्षीय सीताराम  लुइँटेललाई प्रदेश १ को प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले माघ १८ गते (बुधवार) पक्राउ गरको हो ।  अभियक्त लुइँटेललाई बैंकिङ कसुरको आरोपमा उच्च अदालत विराटनगरले १० कात्तिक २०७८ मा १० महीना सात दिन कैद र रू. १५ लाख जरिवानाको सजाय सुनाएको थियो । अभियुक्त लुइँटेल अदालतले सजाय सुनाएपछि फरार भएका थिए । प्रहरीले मंगलवार जिल्ला अदालत मोरङमा बुझाएपछि अदालतले अभियुक्त लुइँटेललाई जेल चलान गरेको छ ।

३५ लाख जरिवाना तोकिएका बन मुद्दाका फरार अभियुक्त जेल चलान

बन मुद्दाका फरार अभियुक्तलाई प्रहरीले उदयपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्बर–६ घर भएका भक्तबहादुर खड्का छन् । ५८ वर्षीय खड्कालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमार्फत पक्राउ गरेर कारागारमा थुनामा पठाइएको जिल्ला अदालत उदयपुरका तहसिलदार देवराज भट्टराईले रातोपाटीलाई बताए ।रुख हानी नोक्सानी गरेको मुद्दामा २०७४ फागुन १५ मा अदालतले उनलाई ३५ लाख ४२ हजार २ सय ४५ रुपैयाँ जरिवाना र १ महिना कैद हुने फैसला गरेको थियो ।खड्काले जरिवाना तोकिएको पैसा तिरेका छैनन् ।

बालिकामाथि सामुहिक बलात्कार गर्ने एक आरोपी १४ वर्षपछि  पक्राउ

सप्तरीमा बालिकामाथि सामूहिक बलात्कारका फरार एक अभियुक्तलाई सप्तरी जिल्ला अदालतले जेल चलान गरेको छ ।  फरार अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिलाठी कोईलाडी गाउँपालिका ३ बस्ने...

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउपछि जेल चलान

बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका एक व्यक्ति आज जेल चलान भएका छन् । उच्च अदालत पाटनको पुस २९ को फैसलाले सात दिन कैद र २१ लाख ५० हजार जरिवानाको फैसला सुनाइएका काठमाडौँ महानगरपालिका–३ महाराजगञ्ज बस्ने ४९ वर्षीय सुधीर श्रेष्ठलाई आज कारागार चलान गरिएको प्रहरीले जनाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) बाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि परिचालित प्रहरी टोलीले उनलाई आज काठमाडौँको ठमेलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक गङ्गा पन्तल

फरार अभियुक्त जेल चलान

डडेल्धुरा : बहुविवाहको आरोपमा फरार रहेका एक अभियुक्तलाई दुई वर्षपछि प्रहरीले पक्राउ गरेको छ।  बहुविवााह मुद्धा डडेल्धुरा जिल्ला अदालतबाट ०७३ पुस २५ गते ११ महिना २१ दिन कैद र  दश हजार जरीवाना फैसला गरेलगत्तै हालसम्म फरार रहेका अभियुक्तलाई बिहीबार पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय डडेल्धुराले ...

ज्यान मारेर फरार अभियुक्त २९ वर्षपछि जेल चलान

खोटाङ – खोटाङमा कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त २९ वर्षपछि जेल चलान भएका छन् ।  जग्गासम्बन्धी बिवादमा २०४६ सालमा छिमेकीको हत्या गरेको अभियोगमा कैद सजाय सुनाइएका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा कदुवाका ६० वर्षीय चन्द्रबहादुर कार्की बिहीबार जेल चलान भएका हुन् ।  कर्तव्य ज्यान मुद्धामा २०५७...

सुन काण्डका अभियुक्त धमाधम आत्मसमर्पण गर्दै, इन्कारी बयान दिएका छिरिङ जेल चलान

विराटनगर : ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा संलग्न भनिएका फरार अभियुक्त छिरिङ वाङ्गेल (घले) पूर्पक्षका लागि जेल चलान भएका छन्।आइतबार मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गरेका घलेलाई अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजालसले पूर्पक्षका लागि जेल पठाएको हो। मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ...

३१ वटा चोरी घटनामा संग्लन रुपबहादुर २२ लाख धरौटी बुझाउन नसकेपछि जेल चलान

काठमाडौं । काठमाडौंमा विभिन्न ३१ स्थानमा चोरी गरेको अभियोगमा मुद्दामा संग्लन फरार अभियुक्त पक्राउ परेका छन् ।

१२ वर्षदेखि फरार अभियुक्त जेल चलान

११ मंसिर, महोत्तरी । कर्तव्य ज्यान मुद्दामा १२ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई महोत्तरी जिल्ला अदालतले आइतबार साँझ जेल चलान गरेको छ । जेल चलान हुनेमा जिल्लाको भंगहा नगरपालिका-९ बस्ने ६० वर्षीय रामेश्वर सदा मुसहर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बताए । विसं २०६२ असार १५ गते महोत्तरी …

कर्तव्य ज्यान मुद्दामा १२ वर्षदेखि फरार अभियुक्त जेल चलान

गौशाला । कर्तव्य ज्यान मुद्दामा १२ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई महोत्तरी जिल्ला अदालतले आइतबार साँझ जेल चलान गरेको छ । जेल चलान हुनेमा जिल्लाको...