वार्ता निष्कर्षविहीन भएपछि चीन र भारतबीच फेरि आरोप–प्रत्यारोपमा

काठमाडौँ– चीन र भारतबीचको वार्ता बिनानिस्कर्ष टुंगिएको छ । लद्दाखमा जारी तनाब अन्त्य गर्ने विषयमा दुई देशका सैन्य कमान्डरहरूबीच भएको वार्ता बिनानिस्कर्ष टुंगिएको हो । वार्ता बिफल भएसँगै दुबै देश आरोप–प्रत्यारोपमा उत्रिएका छन् । लद्दाखलाई लिएर दुई देश पछिल्लो १७ महिनादेखि तनाबमा छन् । सिमामा दुबै देशका सेना आमने–सामने अवस्थामा छन् । चीनले सिमामा आफ्ना […]

सम्बन्धित सामग्री

कैलाश रेन्जबाट हटेर भारतले गर्‍यो गल्ती, चीनले दिँदैछ दबाब

भारत र चीनका सैन्य कमान्डरहरूबीचको १३औं चरणको वार्ता निष्कर्षविहीन रह्यो । दुवै पक्षले एकअर्काका विरुद्ध कडा बयान जारी गरेका छन् ।  पूर्वी लद्दाखका बाँकी क्षेत्रबाट सैनिक फिर्ता गराउन चीन अनिच्छुक रहेको आरोप भारतले लगाएको छ । चीनले चाहिँ भारत अनावश्यक जिद्दी गरिरहेको आरोप लगाएको छ ।  चीनको बयानबाट स्पष्ट हुन्छ– पांगोङ ताल कैलाश रेन्ज तथा भारतका लागि महत्त्वपूर्ण गोगरा पोस्ट नजिक पट्रोलिङ पोस्ट–१७ए भन्दा बाहेक अन्य ठाउँबाट सैनिक हटाउन चीन इच्छुक छैन ।  चिनियाँ जनमुक्ति सेनाको वेस्टर्न थिएटर ...