माओवादीका नबधनाढ्यहरूलाई ‘पिर’ले किन पिरोल्यो ?

नेपाली सांगीतिक आकाशका एउटा चम्किलो तारा हुन्, गायक प्रकाश सपूत । ‘दोहोरी ब्याटल’बाहेक उनका सिर्जनाले ‘प्रश्न’ गरिरहेको पाइन्छ । मूलतः गीतिकथामा आधारित रहेर तयार भएको सपूतको नयाँ गीत ‘पिर’ यतिबेला चर्चाको शिखरमा छ ।युट्युबमा सार्वजनिक भएको ३ दिनमा ५६ लाख बढी पटक यो गीत हेरिएको छ । १६ मिनेट लामो भिडियोमा शब्दहरू त शक्तिशाली छन् नै, कथा र सोही अनुसारको दृश्यले जो कोहीको मथिङ्गल हल्लाउँछ ।सामाजिक सञ्जालमा अहिले यो गीतका विषयमा पक्ष र विपक्षमा मत व्यक्त भइरहेका छन् ।माओवादी जनयुद्धको सेरोफेरोलाई टिपेर त्यसमा होमिएकाहरुको कारुणिक कथा हो ‘पिर’ । माओवादी आन्दोलनले दिलाएका उपलब्धि स्वीकार्दै व्यवस्था परिवर्तन भएपनि बिहान बेलुकाको छाक टार्न त्यतिबेलाका योद्धाहरु फरक कर्ममा लाग्न बाध्य भएको तथ्य यो गीतले बोलेको छ ।बरालिएको माओवादी र प्रकाशको कथाबस्तुकुमार नगरकोटीको चर्चित कविता छ, ‘उ कम्युनिष्ट मेनिफेष्टो पढिरहेछ’ । नगरकोटीले कवितामा भनेजस्तै प्रकाश सपूतको गीतिकथामामा पनि योद्धाहरु दुःखमा पनि क्रान्तिका किताबहरु पढिरहन्छन्, विदेश जानुपर्दा पनि झोलामा केही थान प्रगतिशील पुस्तकहरु बोक्छन्, आन्दोलनप्रति उनीहरुको विश्वास छ, गर्व छ भन्ने कुरा प्रष्टैसँग देखाईएको छ । सँगै, बरालिएको माओवादीलाई प्रकाशले कयौ अनुत्तरित प्रश्नका बिस्कुन थुपारिदिएका छन् । जनयुद्धबाट प्राप्त केही राजनीतिक उपलब्धिलाई स्वीकार्दै आम नागरिकको अवस्था बदल्ने कार्यभारबाट माओवादी बरालिएको दृष्टान्त गीतिकथामा छ ।युद्धका बेला कमजोर वर्गलाई माओवादीले प्रयोग गरेकै हो भन्ने कुरा नकार्न सकिँदैन । तर, अहिले माओवादीका केही सीमित व्यक्तिहरु रातारात धनी भए, युद्धमा दुःख गर्ने आम कार्यकर्ताको जीवनस्तर उठ्न नसक्ने गरी थला पर्यो । माओवादी नेतृत्वको चरम महत्वकांक्षा र स्खलन नै सपूतको गीतिकथाको विषयबस्तु बनेको छ ।माओवादीका नबधनाढ्यहरूलाई ‘पिरोल्ने’ ‘पिर’१६ मिनेट लामो गीतिकथाको भिडियो सार्वजनिक भएपछि माओवादीका भातृ संगठन यसको विरोधमा विज्ञप्तिबाजी गर्न थाले भने माओवादी इतरका दलहरु र तीनका समर्थकले माओवादीलाई खुल्याउने मसला पाए ।तर, माओवादीभित्र आलोचनात्मक चेत नभएकाहरुलाई यो गीतले बेस्सरी पिरोलेको पाइन्छ । यद्यपी, यो गीत आक्रोश, बिद्रोही र आशावादी कुनैपनि होइन । केवल यसले क्रान्तिका कारण एउटा परिवारले भोग्नुपरेको चरम निराशी जीवन देखाएको छ । यहाँनेर एउटा कुरा स्मरण गरौँ, माओवादी लडाकुहरुले आफ्नो गाँस कटाएर जम्मा गरेको पैसाले एउटा अस्पताल सञ्चालनमा ल्याएका थिए । त्यतिबेला अस्पताल सञ्चालनका लागि पैसा संकलनको नेतृत्व तत्कालिन डेपुटी कमाण्डरहरूमध्ये हालका अर्थमन्त्री जनार्दन शर्मा, पूर्वअर्थमन्त्री वर्षमान पुन र पूर्वकृषिमन्त्री बलदेव खनालले पाएका थिए । उनीहरुले शिविरमा रहेका सबै सेनाबाट मासिक१ हजार रुपैयाँका दरले पैसा उठाए । यो पैसा सेनाहरुले खुशीसाथ दिएका थिए ।२०६४ सालबाट जनमैत्री अस्पताल सञ्चालन आयो पनि । तर, विगत ४ वर्षदेखि बन्द थियो । यद्यपी, कोरोना महामारीका समयमा कोभिड अस्पतालका रुपमा यसलाई सञ्चालनमा ल्याईयो । तर, पूर्व जनमुक्ति सेनाको पसिनाले उभिएको यो अस्पताल जनार्दन शर्माले बेचिदिए । हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा राज्यमन्त्री रहेका मेडिकल कलेजका व्यवसायी उमेश श्रेष्ठले १ अर्ब २५ करोडमा यो अस्पताल किने ।यो प्रसंग यहाँ किन जोडिएको हो भने, अहिले प्रकाश सपूतको पिरले यसरी जनयुद्धका योद्धाहरुको पसिना बेचेर रातारात नबधनाढ्य बनेका माओवादी नेताहरुलाई नराम्रोसँग पिरोलेको छ । योद्धाहरूलाई शिविरभित्र थुनेर उनीहरुलाई सरकारले दिएको रासनपानी र रकम माओवादीका सिमित नेताहरुले खोसेको आक्रोश पूर्व जनमुक्ति सेनाहरुको अझैपनि छ । त्यसकारण, औंला भाँचेर गन्न सकिने सिमित माओवादी नेतालाई धनी बनाएर शरीरको कुनै न कुनै भागमा गोली बोकेर रित्तो हात घर फर्किन बाध्य पारिएका र त्यसपछि नेतृत्वको कुनै वास्ता खोजीमा नपरेका पूर्व लडाकुहरुको प्रश्न हो ‘पिर’ ।

सम्बन्धित सामग्री

डोल्पामा एमाले र नेकपा माओवादीका कार्यकर्ताबिच झडप

डोल्पामा नेकपा एमाले र नेकपा माओवादीका कार्यकर्ताविच सामान्य विवाद हुँदा दोहोरो झडप भएको छ।

दोलखामा माओवादीका गङ्गा कार्कीको अग्रता कायमै

दोलखाको मतगणनामा नेकपा माओवादीका गङ्गा कार्कीको अग्रता कायमै छ । पछिल्लो मतपरिणाम अनुसार २४२१ गणना गर्दा माओवादीका गङ्गा कार्कीले १ हजार ३५५ मत पाएका छन्  । एमालेका बालकृष्ण शिवाकोटीले भने ७३६ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले १०४ मत पाएका छन् ।

कांग्रेस, एमाले र माओवादीका जिल्ला प्रमुख नै बने सांसद

मुगुका प्रमुख तीन पार्टी कांग्रेस, एमाले र माओवादीका जिल्ला अध्यक्षहरू यसपटकको निर्वाचनबाट सांसद बनेका छन् । एकजना प्रतिनिधिसभा र दुई जना प्रदेश सभामा चुनिएका हुन् ।  मुगुका कांग्रेसका सभापति ऐनबहादुर शाही...

हुम्लाबाट माओवादीका छिरिङ निर्वाचित

प्रतिनिधिसभा सदस्यका लागि हुम्लाबाट माओवादीका उम्मेदवार छिरिङ दम्डुल  लामा कार्चेन निर्वाचित भएका छन् । चार हजार ८५५ मतान्तरसहित उनी निर्वाचित भएका हुन् ।  १४ हजार ३७१ मत ल्याएका लामाले निकटतम प्रतिस्पर्धी...

डोटी ‘ख’ बाट माओवादीका शिवसिंह ओली निर्वाचित

डोटी प्रदेश सभा ‘ख’बाट माओवादीका शिवसिंह ओली निर्वाचित भएका छन् । एमालेका टंकबहादुर बमलाई हराउँदै सत्ता गठबन्धनबाट माओवादीका ओली निर्वाचित भएका हुन् । ओलीले १४ हजार ४७ मत ल्याएर विजयी भए भने एमालेका बम १३ हजार १२८ मत ल्याएर पराजित भएका हुन् । प्रदेश सभा ‘क’ मा भने कांग्रेसका नरेन्द्रबहादुर सिंहलाई पछि पार्दै एमालेका चक्रबहादुर मल्लले अग्रता लिएका छन् ।

महोत्तरी १ मा माओवादीका गिरिराजमणिको अग्रता

६ मंसिर, महोत्तरी । महोत्तरी १ मा नेकपा माओवादीका उपमहासचिव गिरिराजमणि पोखरेलले अग्रता लिएका छन् । चार हजार ३८५ मत गणना हुँदा पोखरेलले १७३३ मत पाएका छन् भने एमालेका लझ्मी महतो कोइरीले १६९६ मत पाएका छन् । माओवादीका पोखरेल यसअघि पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

ललितपुर-१ क मा माओवादीका बागीले उम्मेदवारी फिर्ता लिए

२६ असोज, ललितपुर । ललितपुरको क्षेत्र नं. १ प्रदेश सभा (क) मा माओवादीका केन्द्रका बागी उम्मेदवारले नाम फिर्ता लिएका छन् । माओवादीका आधिकारीक उम्मेद्वार हरि दहालको बिरुद्धमा वागी उम्मेद्वारी दिएका नेता राजु आले मगरले उम्मेद्वारी फिर्ता लिएका छन । बुधबार क्षेत्रीय निर्वाचन कार्यालय ललितपुरमा पुगेर उनले नाम फिर्ता लिएका हुन् । आलेले नाम फिर्ता गरेको […]

सुनापति गाउँपालिकामा माओवादीका उम्मेदवार विजयी

जिल्लाको सुनापति गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा माओवादीका उम्मेदवार निर्वाचित भएका छन् ।  माओवादीवाट अध्यक्ष पदमा उम्मेदवार वनेका ठूलो कान्छा तामाङ र उपाध्यक्ष गिता विष्ट निर्वाचित भएका हुन्...

रुकुम पश्चिमको त्रिवेणी-१ मा माओवादीका बागी उम्मेदवारको प्यानल विजयी

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका बागी उम्मेदवारको प्यानलै विजयी भएको छ । माओवादीका बागी उम्मेदवार सुन्दर ओलीले ५७७ मत ल्याएर माओवादीका आधिकारिक उम्मेदवार लक्ष्मण ओलीलाई १६० मत अन्तरले पराजित गरेका हुन् ।ओलीकै स्वतन्त्र प्यानलमा माओवादीका बागी महिला सदस्यमा उठेकी कमला बोहराले ५३१ मत, दलित महिला सदस्य लालसरा कामीले ५३६ मत, खुला सदस्य खड्बहादुर पुन ५०७ मत र अर्का खुला सदस्य पूर्णबहादुर बुढाले ४९२ मत ल्याएर विजयी भएका हुन्। टिकट वितरणमा अन्याय भएको भन्दै ओल

चौरजहारीमा माओवादीका उम्मेदवार कुटिए

२९ वैशाख रुकुम । रुकुमपश्चिमको चौरजहारी नगरपालिका वडानम्बर १० मा बुधबार राति माओवादी केन्द्रका उम्मेदवार कुटिएका छन् । कांग्रेसका कार्यक्रताले माओवादीका वडा सदस्यका उम्मेदवारसहित पाँच जनामाथि कुटपिट गरेका छन् । मााओवादी केन्द्रको तर्फबाट वडा सदस्यका उम्मेदवार तुल्सीराम बुढासहित जुद्धबहादु घर्ती, कमल केसी, हरिबहादुर रोकाय र सौगात रोकायलाई कुटपिट गरेका हुन् । अरु वडाका मान्छेहरु समेत […]