काठमाडौं, ९ माघ । सत्तारुढ गठबन्धनका शिर्ष नेताले कानून व्यवसायीहरुसँग परामर्श गरेका छन् । आज अपरान्ह बालुवाटारमा कानून व्यवसायीसँग स्थानीय तहको निर्वाचन सम्बन्धी कानूनबारे परामर्श लिएका हुन् । छलफलपछि सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कानून संशोधन गर्ने सुझाव प्राप्त भएको जानकारी दिए । उनले स्थानीय तह ऐन र संविधानको धारा २२५ बाझिएको देखिएकाले […]