काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले बदलिएको राजनीतिक व्यवस्था अनुरुप जनताको अवस्था बदल्न सरकार दृढ संकल्पित रहेको बताएका छन्। आफ्नो तेस्रो कार्यकाल सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न केन्द्रित रहेको दोहोर्याउँदै प्रधानमन्त्री दाहालले त्यसका लागि आफूले राष्ट्रिय सहमती र सहकार्यमा जोड दिएको पनि स्पष्ट पारे।