नेकपा माओवादी केन्द्रबाट रुकुम पूर्वको प्रदेश सभा २ बाट बागी उम्मेदवारी दिएका केशव रावलले नेपाली युवालाई अमेरिका बेच्नेले चुनाव जित्न नसक्ने ठोकुवा गरेका छन् । रातोपाटीसँगको कुराकानीमा रावलले नेपाली युवाहरूलाई अवैधानिक बाटो प्रयोग गर्दै अमेरिका पठाउने सबै रुकुमेली जनतालाई थाहा भएकाले चुनाव जित्न कठिन हुने दाबी गरे । सत्ता गठबन्धनबाट रुकुम पूर्वको प्रतिनिधि सभामा पूर्णबहादुर घर्ती प्रदेश सभा १ बाट माओवादीका तेजबहादुर ओली र प्रदेश सभा २ बाट नेपाली कांग्रेसका धनबहादुर केसी(डिबी) उम्मेदवार छन्