काठमाडौँ– बुढानिलकण्ठ नगरपालिकाको चपलीस्थित चपली सवस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आएको छ । सवस्टेसनमा रहेका १०/१० एमभिए क्षमताका तीनवटा ट्रान्सफर्मरहरुमध्ये एउटामा बुधबार बिहान ५ बजेतिरबाट समस्या देखिएको हो । ट्रान्सफर्मरमा समस्या आउँदा टोखा, मण्डिखाटार, बाँसबारी, धापासी हाइट, बुढानिलकण्ठ, तारेभीर, झोरलगायतका क्षेत्रमा विद्युत आपूर्ति बन्द छ । उक्त ट्रान्सफर्मरबाट पाँचवटा फिडर निकाली ती क्षेत्रमा विद्युत् आपूर्ति हुँदै […]