टाटा मोटर्सले साउन १२ गते नेक्सन इभी सार्वजनिक गर्ने

भारतको अग्रणी इलेक्ट्रिक गाडी उत्पादक कम्पनी टाटा मोटर्स लिमिटेडले नेपालस्थित आफ्नो आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.मार्फत् यही श्रावण १२ गते नेक्सन इभी सार्वजनिक गरीे नेपाली बजारमा विक्री वितरण खुल्ला गर्ने घोषणा गरेको छ । नेक्सन ईभीप्रति नेपालका उपभोक्ताहरूले अत्यन्त उत्सुकता दर्शाएका छन् र यस्तो आकर्षण दिन प्रतिदिन झन् बढ्दैछ । यही सन्दर्भमा पहिलो चरणमा बुकिङ्ग गरिसकेका केही ग्राहकहरुलाई श्रावणको १२ गते देखि नै र क्रमशः नेक्सन इभीको विक्री वितरण गरिदैं जानेछ । कम्पनीले जनाएअनुसार १६६

सम्बन्धित सामग्री

शुक्रबारदेखि टाटा मोटर्स फन कार्निभल ३.०

टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टाटा मोटर्स फन कार्निभल ३.० आयोजना गर्ने भएको छ । कार्निभलमा जुनसुकै ब्राण्डका पुराना गाडीसँग  टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन इभी र टियागो इभी लगायतका गाडी साट्न सकिनेछ ।

इलेक्ट्रोनिक सामान र सवारीसाधनमा अफरै अफर

काठमाडौं। इलेक्ट्रोनिक सामान र सवारीसाधन जोड्नेलाई चाडपर्वहरू अवसर बन्ने गरेका छन् । पहिले विलासी मानिने टेलिभिजनदेखि चारपांग्रे र दुईपांग्रे सवारीसाधन अहिले आवश्यक बनिसकेको छ । दशैंका बेला किनमेल गर्दा छूट एवं सुविधा पाइने अपेक्षा उपभोक्ताको हुने भएकाले उत्पादक र विक्रेता कम्पनीले पनि दशैंतिहार लक्षित योजना र अफर सार्वजनिक गर्ने गरेका छन् । यसपालिको दशैंमा पनि त्यस्ता योजना प्रशस्त मात्रामा आएको देखिन्छ ।  छूटमा इलेक्ट्रोनिकतर्फ नेपालमा लोकप्रियता कमाएको सामसङ कम्पनीले आफ्नो क्रिस्टल यूएचडी टीभी र क्यूएलईडी टीभी सेटको नयाँ लाइन–अप, २०२३ सी–सिरिज टीभीहरू ल्याएको छ । यो सिरिजको टीभी दशैंतिहारको लागि भनेरै ल्याइएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार नयाँ लाइन–अपका टीभीहरू ४३ इन्चदेखि ८५ इन्चसम्ममा उपलब्ध छन् । बजारमा आएका नयाँ २०२३ क्रिस्टल यूएचडी र क्यूएलईडी टीभीमा सामसङका फ्ल्यागसिप फिचरहरू छन् । यी टीभीमा सामसङको सिग्नेचर नक्स सेक्युरिटी, बिल्ट–इन एआई भ्वाइस असिस्टेन्ट बिक्स्बी, स्मार्टथिन्ग्स एपको एक्सेस र स्लिमफिट क्यामको साथ भिडियो कल गर्न मिल्ने सुविधा समेत छ । यी टीभीहरूमा काल्म अनबोर्डिङ र अटो ब्राइटनेस एडजस्ट गर्न आईओटी लाइट सेन्सरको सुविधा दिइएको छ । सी–सिरिजका टीभीहरू वातावरणलाई ध्यानमा राखेर डिजाइन र निर्माण गरिएको कम्पनीको भनाइ छ । यसका धेरै पार्टपुर्जा पुन: नवीकरण गरिएको हुनुका साथै सोलार सेल रिमोट र एआई एनर्जी सेभिङको पनि प्रयोग गरिएको बताइएको छ । अरु सुविधा समेटेर सामसङले आफ्ना प्रयोगकर्तालाई एक असल कनेक्टेड अनुभव प्रदान गरेको दाबी गरिएको छ । कम्पनीले ३१ डिसेम्बर २०२३ भित्र किनिएका सबै २०२३ टीभीमा ३ वर्षको पूर्ण वारेन्टी उपलब्ध गराएको छ । ‘आधुनिक नेपाली उपभोक्ता हामीसँगै विकसित भएका छन् । र उनीहरू आफ्नो लागि अझ राम्रा उत्पादन खोज्छन् । त्यसैले हामीले ग्राहकले अनुपम गुणस्तर र उत्कृष्ट अनुभव पाउन सक्ने सबै कुरा ल्याएका छौं,’ सामसङ नेपालका कन्जुमर इलेक्ट्रोनिक्सका महाप्रबन्धक आलोककुमार गुप्ताले भने, ‘हामी ग्राहकका घरमा कनेक्टेड एक्सपिरियन्स ल्याउन सक्षम छौं, जुन हाम्रा ग्राहकले आरामसँग अनुभव गर्नुहुनेछ भनेर हामीले विश्वास गरेका छौं । नयाँ २०२३ टीभीहरूले हाम्रा प्रयोगकर्तालाई परिष्कृत अनुभव प्रदान गर्नेछन् ।’ नेपाली बजारमा परिचित सिजी इलेक्ट्रोनिक्सले पनि चाडपर्व अफर ल्याएको छ । खासगरी नेपालमा एलिकाका उत्पादनको एक मात्र आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको ईओएल प्रालिले यसपालिको दशैं, तिहार र छठलाई लक्षित गरी ल्याएको ग्राहक योजनामा उपहार समेत राखिएको छ ।  अफरअन्तर्गत एलिकाको कुनै पनि सामान (चिम्नी, कुक टप, हब, कुकिङ रेन्ज, बिल्ट–इन ओभन, बिल्ट–इन माइक्रोवेभ ओभन) खरीदमा सिजी ब्रान्डको भ्याकुम फ्लास्क उपहार स्वरूप दिने गरिएको छ । यो ग्राहक योजना गत भदौ २८ देखि नेपालभरि सीमित अवधिको लागि लागू गरिएको कम्पनीले जनाएको छ । एलिका १९७० मा स्थापित इटालियन कम्पनी हो । यसले किचन हुड, इन्डक्सन हब र बोइलर डिजाइन र निर्माण गर्दछ । कम्पनीको इटाली, पोल्यान्ड, मेक्सिको, भारत र चीनमा सातओटा प्लान्ट छन । त्यस्तै सवारीसाधान विक्रेता तथा उत्पादकहरूले चाडपर्वलाई लक्ष्य गरेर नयाँ नयाँ सवारीसाधनका साथै अफर ल्याएका छन् । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले बडादशैं, तिहार र छठ पर्व २०८० को अवसरमा अफर ल्याएको छ । ‘टाटा मोटर्स बडादशंै बडा अफर’मा ग्राहकले टाटा आइस रेन्जका गाडी खरीदमा ७ लाख ३० हजार रुपैयाँसम्मको फाइदा पाउन सक्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार यस योजनामा नगद छूट, वार्षिक सवारी कर छूट, एक वर्षको बीमा सुविधा, एक्सचेन्ज बोनस र एसेसोरिजहरू पाउन सक्ने बताइएको छ । यसका साथै टाटा इभी गाडीमा पनि आकर्षक अफर छन् । बडादशैंको अवसरमा टाटा मोटर्सको सोरुममा गएर नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादन एच फाइभ, सफारी, नेक्सन, टियागो, टिगोर, पन्च, नेक्सन इभी, टिगोर इभी र टियागो इभीलगायत आइस र ईभी रेन्जका गाडी अवलोकन र टेस्ट ड्राइभ गर्न सकिने बताइएको छ । त्यस्तै होन्डाले पर्वलाई लक्ष्य गरी ‘दशैंमा १० लाख’ योजना ल्याएको छ । होन्डा टू ह्विलर्सको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ल्याएको ‘दशैंमा १० लाख’ नामक ग्राहकमुखी उपहार योजनामा होन्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटर खरीदमा ग्राहकले स्क्र्याच कुपनमार्फत १० लाख रुपैयाँसम्म नगद जित्न सक्ने बताइएको छ । यसका साथै ‘चुज योर स्किम’ योजनाअन्तर्गत ग्राहकले १० हजार रुपैयाँसम्मको थप स्क्र्याच कार्ड पाउन सक्ने वा १२ हजार ५०० रुपैयाँबराबरको पाँचवर्षे एएमसी प्याकेज पाउन सक्ने जनाइएको छ ।  ग्राहकलाई अझ आकर्षक योजना प्रदान गर्ने उद्देश्यले ‘रु. १ फाइनान्स योजना’मा पनि ‘दशैंमा १० लाख’ योजना उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ । साथै, होन्डा बिग बाइकको खरिदमा एक लाख रुपैयाँसम्मको छूट पनि उपलब्ध हुने कम्पनीले बताएको छ । त्यस्तै नेपालका लागि युरोपियन कार ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लू एक्सपान्जेले दशैंतिहारलाई लक्ष्य गरी स्कोडा ‘फाइभ स्टार अफर’ ल्याएको छ ।  कम्पनीका अनुसार स्कोडाले फाइभ स्टार अफरमा आफ्ना ग्राहकका लागि पाँचओटा फाइदा उपलब्ध गराउनेछ । उक्त अफरले स्कोडा वनरसिपलाई नयाँ उचाइमा पुर्‍याउनुका साथै यात्रालाई थप स्मरणीय, सुरक्षित र रोमाञ्चक बनाउने कम्पनीको दाबी छ । कम्पनीले ग्राहकलाई पहिलो अफरका रूपमा स्कोडा फाइनान्सिङमा पाँच वर्षका लागि निश्चित बजारमा सबैभन्दा कम ८ दशमलव ९९ प्रतिशत ब्याजदर उपलब्ध गराउनेछ । यसका साथै स्कोडाले एक वर्षका लागि नि:शुल्क इन्स्योरेन्स दिनेछ, जसले हरेक यात्रालाई तनावरहित बनाउने कम्पनीको भनाइ छ । त्यसैगरी स्कोडाले फेस्टिभ अफरमा जुनसुकै ब्रान्डको पुरानो गाडीको सहज एक्सचेन्ज र एक्सचेन्ज बोनस पनि उपलब्ध गराउनेछ । यसका साथै, दशैंतिहारमा स्कोडा किन्ने ग्राहकले स्कोडाको जेन्युइन एसेसोरिज पाउनेछन् । पुरानो स्कोडा बेचेर नयाँ स्कोडा चढ्न चाहनेका लागि एमएडब्लू एक्सपान्जेले धन्यवाद स्वरूप लोयल्टी बोनस पनि दिने कम्पनीले जानकारी दिएको छ । ‘स्कोडाले सदा आफ्नो ग्राहकको हितलाई केन्द्रमा राख्दै आएको छ । स्कोडाको यो फाइभ स्टार अफरले सुरक्षित यात्रालाई पहिलो प्राथमिकता दिँदै ग्राहकलाई मूल्य, गुणस्तर र अद्वितीय अनुभवप्रति हाम्रो प्रतिबद्धतालाई प्रमाणित गर्छ,’ एमएडब्लू एक्सपान्जेका कार्यकारी निर्देशक रौनक अग्रवालले भने, ‘हामी यो अफरको फाइदा उठाउन नजिकैको स्कोडा सोरुममा आएर स्कोडाका सुरक्षित कारको टेस्ट ड्राइभ गर्न अनुरोध गर्दछौं ।’

टाटा मोटर्सको 'बडादशैं बडा अफर'

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रा.लि.ले बडादशैं, तिहार र छठ पर्व २०८० को अवसरमा नयाँ गाडी खरिदकर्ताहरूलाई ‘टाटा मोटर्स बडादशंै बडा अफर’ सार्वजनिक गरेको छ । उक्त योजनाअन्तर्गत ग्राहकले टाटा आइस रेञ्जका गाडीको खरीदमा रु सात लाख तीस हजारसम्मको फाइदा पाउन सक्ने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।  कम्पनीका अनुसार यस योजनामा नगद छूट, वार्षिक सवारी करमा छूट, एक वर्षको बीमा सुविधा, एक्सचेन्ज बोनस र एक्सेसरिजहरू पाउन सक्नेछन् । यसका साथै टाटा इभी गाडीहरूमा पनि आकर्षक अफरहरू रहेको कम्पनीको भनाइ छ ।  बडादशैंको अवसरमा टाटा मोटर्सको सोरुममा गएर नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू एच फाईभ, सफारी, नेक्सन, टियागो, टिगोर, पन्च, नेक्सन इभी, टिगोर इभी र टियागो इभी लगायतका आइस र ईभी रेञ्जका गाडीहरू अवलोकन र टेस्ट ड्राइभ गर्न सकिने कम्पनीले जनाएको छ ।

नाडामा टाटाका तीन गाडी सार्वजनिक

टाटा मोटर्स प्यासेन्जर भेहिकलले नाडा अटो सोमा तीन वटा गाडीहरु सार्वजनिक गरेको छ । टाटा टियागो ईभी, टाटा नेक्सन इभी एक्स जेड प्लस र टाटा पन्च सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

टाटा मोटर्सले एक्सचेन्ज क्याम्प आयोजना गर्ने

नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले प्यासेन्जर भेहिकलका लागि टाटा मोटर्स एक्सचेन्ज क्याम्प कार्यक्रम आयोजना गर्ने भएको छ । मंसिर ३ देखि ७ गतेसम्म नेपालभरी रहेका टाटा मोटर्सको सोरुमहरूमा क्याम्प आयोजना गर्न लागेको हो । ग्राहकहरूले टाटा मोटर्सको सो रुममा गएर नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अल्ट्रोज, एचफाइभ, नेक्सन, नेक्सन इभी, टियागो र टिगोर लगायतका गाडीहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने सिप्रदी ट्रेडिङले जानकारी दिएको छ । सिप्रदीका अनुसार एक्

टाटा मोटर्सले साउन १२ गते नेक्सन इभी सार्वजनिक गर्ने

काठमाडौँ, ४ साउन । भारतको अग्रणी इलेक्ट्रिक गाडी उत्पादक कम्पनी टाटा टाटा मोटर्स साउन १२ गते नेक्सन इभी सार्वजनिक गर्ने लिमिटेडले नेपालस्थित आफ्नो आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. मार्फत् यही साउन १२ गते नेक्सन इभी सार्वजनिक गरीे नेपाली बजारमा विक्री वितरण खुल्ला गर्ने घोषणा गरेको छ । नेपालमा नेक्सन ईभी प्रति नेपालका उपभोक्ताहरुले अत्यन्त उत्सुकता […]