काठमाडौँ । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ सुरु भएको छ । सरकारी पक्षका वकिलहरूले प्रश्न उठाएपछि स्थगित भएको इजलास आज बसेको हो । सरकारी पक्षले प्रश्न उठाएका दुई न्यायाधीशको राय नआएपछि बहस चलिरहेको छ । न्यायाधीश दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराई माथि सरकारी पक्षले प्रश्न उठाएको थियो ।