म्याग्दी : धवलागिरी गाउँपालिका–१ गुर्जामा हिमपहिरोमा पुरिएर बेपत्ता भएका रामबहादुर छन्त्याल अझै फेला परेका छैनन्।अति बिकट गुर्जाको सुकेलोट्नेमा गत बिहीबार दिउँसो हिउँपहिरोमा पुरिएका ५० वर्षीय छन्त्याल अझै बेपत्ता छन्। वडाध्यक्ष झकबहादुर छन्त्यालले बेपत्ता भएको ठाउँमा हिउँ नपग्लिएकाले खोज्न समस्या भइरहेको बताए।भेडी गोठमा जाने क्रममा एक्कासी बाक्लो हिमपात भएपछि रामबहादुर चिप्लिएर खोंचमा लडेका थिए। उनलाई साथीहरूले उद्धारको प्रयास गरे पनि हिउँमा पुरिएकाले प्रयास सफल नभएको वडाध्यक्ष झकबहादुरले